AnonymousUser

Logout

केन्द्रीय सदस्य थप्ने माओवादीको निर्णय, विधान संशोधन गरिँदै

महिला, दलित, युवा र पुराना नेताहरूलाई केन्द्रीय समितिमा समेट्न लागिएको माओवादीले जनाएको छ। यसका लागि बुधबार नै विधान संशोधन गर्ने तयारी गरेको छ।

सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्दै

मंगलबार सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मुख्यमन्त्रीपछिको वरीयतामा रहने गरी मन्त्री बनाउन लागिएको माओवादी केन्द्रले जनाएको छ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरू हुँदै, प्रत्यक्ष प्रशारण गर्ने तयारी

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे शुरू हुने बैठकमा ३८७ पूर्ण केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य  र प्रदेशका १०० जना पदाधिकारी सहभागी हुँदैछन्। 

संघीय शिक्षा ऐनसम्बन्धी विधेयक संसद्मा पठाउन मन्त्रिपरिषद्ले दियो स्वीकृति

संसद्मा पठाउने गरी संघीय शिक्षा ऐनसम्बन्धी विधेयक स्वीकृत गरिएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

विवेकशील साझाले उपराष्ट्रपतिलाई बुझायो सुगौली सन्धिअघिको नक्सा 

सरकारले निर्वाह गर्नुपर्ने दायित्व स्मरण गराउँदै नेपालको ‘सांस्कृतिक मानचित्र’ सार्वजनिक गरेर सरोकारवालाहरूलाई स्मरण गराउने अभियान शुरू गरिएको विवेकशील साझाले जनाएको छ।

संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन, अर्को बैठक बिहीबार

आगामी संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए।

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त गरेका छन्।

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको दाबी पेश

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन्।

कांग्रेसका उद्धव थापालाई समर्थन गर्न कोशीका सभामुख गौतमले दिए राजीनामा

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन्।

कांग्रेसले पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण नगर्ने

पार्टीको सदस्य भएर पनि विगतका निर्वाचनमा पार्टीप्रति सकारात्मक भूमिका निर्वाह नगर्नेहरू नवीकरण गर्न नआउनु भन्ने पार्टीको मान्यता रहेको कांग्रेस चितवन सभापति राजेश्वर खनालले बताए।

संसदीय समितिले प्रस्तावित राजदूतहरूबारे परेका उजुरीमाथि छलफल नगर्ने

संसदीय सुनुवाइ समितिले विभिन्न ६ मुलुकका लागि प्रस्तावित राजदूतहरूबारे परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको छ। 

नेताहरूले आफूलाई केन्द्रबिन्दुमा राख्दा देश विकास हुन सकेन : माधव नेपाल

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेताहरूले आफैँलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास हुन नसकेको बताएका छन्।

प्रतिनिधिसभा बैठक सूचना टाँसेर साउन २२ गतेसम्म स्थगित

संघीय संसद्का महासचिव भरतराज गौतमले सूचना टाँसेर साउन २२ गते सोमबार १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन्।

राजदूतको समावेशिताबारे संसदीय समितिले पराष्ट्रमन्त्रीसँग जनकारी लिने

परराष्ट्रमन्त्री साउदसँग जानकारी लिएपछि समितिले प्रस्तावित राजदूतसँग योग्यता, कार्यादेश, अवधारणा र सोचबारे जानकारी लिनेछ।

विश्वविद्यालयले प्रतिस्पर्धी जनशक्ति उत्पादनमा लाग्नुपर्छः प्रधानमन्त्री

युवा विदेशिनुको मुख्य कारण शिक्षाको कमजोर गुणस्तर र गरिबी नै रहेको प्रधानमन्त्री दहाल‍को भनाइ छ।

सदनको अवरोध खुलाउन सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक 

सभामुख घिमिरेले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका छन्। 

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० बाट अनिवार्य अवकाशमा जाँदैछन्। जसको एक महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भए पनि परिषद्को बैठक बस्न सकेको थिएन।

ओली भन्छन्– सबै नेता बिग्रिए भन्नु गलत हो

सबै नेता बिग्रिए भन्ने कुराले समाजमा गलत सन्देश जाने भएकाले त्यस्ता लेख, रचना सम्प्रेषित नगर्न साहित्यकारहरूलाई एमाले अध्यक्ष ओलीले आग्रह गरेका छन्।

मधेश प्रदेशमा छैटौँ पटक मन्त्रिपरिषद् बिस्तार

छैटौँ पटक बिस्तार भएसँगै मधेश प्रदेश मन्त्रिपरिषद् दुई राज्यमन्त्रीसहित १४ सदस्यीय बनेको छ।

‘सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ’

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले सुन तस्करी प्रकरणबारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताएका छन्।