नेपालमा उत्पादित सामग्रीले युरोपको बजार पाउन नसकेको, राहदानीलगायत गैरआवासीय नेपालीले उठाएका विषयलाई सम्बोधन गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाइ छ।
सदन नचलेका बेला संसद्को भूमिका बहन गर्ने संसदीय समितिहरूलाई दलहरूले कतिसम्म निरीह बनाएका छन् भन्ने प्रतिनिधिसभाका १० र संयुक्त सदनका २ विषयगत समितिले ३ महिनासम्म पनि नेतृत्व नपाउनुले छर्लङ्ग पार्छ।
निर्वाचन आयोगले गत वर्ष मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी भई निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने २ हजार ४३५ उम्मेदवारहरूलाई जनही १५ हजारका दरले जरिबाना गरेको छ।
कांग्रेस नेता शेखर कोइरालाले फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिँदा अन्तर्राष्ट्रियस्तरमा देशको छवि धुमिल हुने टिप्पणी गरेका छन्।
वर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षीण बनाएको, असमानता बढाएको, असमान उत्पादन र उपभोगलाई मात्रै प्रश्रय दिएको प्रधानमन्त्री दाहालको भनाइ छ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारका ठूला–ठूला काण्डहरूको फाइल खोल्दै अनियमितता गर्नेहरूलाई कानूनी दायरामा ल्याइने बताएका छन्।
११ महिनापछि बसेको केन्द्रीय समिति बैठक महत्त्वपूर्ण निर्णय गर्दै बुधबार समापन गर्ने कांग्रेसले जनाएको छ।
पार्टी कार्यालय च्यासलमा मंगलबार भएको भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको एमालेले जनाएको छ।
सुन बोक्ने भन्दा पनि बोक्न लगाउनेलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर नबस्ने ओलीको चेतावनी छ।
कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेता बदल्ने काममा आफू निरन्तर लागिरहने र आफ्नो अभियानबाट कोही पनि आत्तिन नपर्ने बताएका छन्।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिको रूपान्तरणका लागि ‘एग्जिट पोलिसी’को आवश्यकता रहेको बताएका छन्।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सहमहामन्त्रीहरू महेन्द्र यादव, महालक्ष्मी उपाध्याय परराष्ट्रमन्त्री एनपी साउदलगायत देउवा पक्षका केन्द्रीय सदस्यले बालकृष्ण खाँणको पक्षमा आवाज उठाएका छन्।
कांग्रेसका नेता विजयकुमार गच्छदारले देशको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पार्टीको छुट्टै बैठक माग गरेका छन्।
अनावश्यक गालीगलौज गर्ने र नेतृत्वलाई खुइल्याउने किसिमका टिप्पणी नगरी एकताबद्ध भएर अगाडि बढे पार्टीलाई कसैले विस्थापित गर्न नसक्ने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको भनाइ छ।
कांग्रेस नेता एवं परराष्ट्रमन्त्री एनपी साउदले सत्ता नपाएपछि विपक्षी दलले सेना, परराष्ट्र नीति र विदेश सम्बन्धमाथि प्रहार गरिरहेको टिप्पणी गरेका छन्।
नेता कोइरालाले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनको संशोधन गर्न बनेको विधेयक, २०८० तत्काल खारेज गर्नुपर्ने बताएका छन्। सो विधेयक पारित भए देशमा दण्डहीनताले संस्थागत रूप लिने उनको भनाइ छ।
कम्युनिस्टहरूलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने अध्यक्ष नेपालको भनाइ छ।
पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० मा भारत कोलकाताको श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए।
कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउन पार्टीभित्र देखिएका मतभेद तत्काल अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बीपी कोइरालाको सिद्धान्तअनुरूप नै अहिलेको संविधानले नागरिकका धेरै अधिकार सुरक्षित गरेको दाबी गरे।