AnonymousUser

Logout

कांग्रेस महामन्त्रीप्रति महतको टिप्पणी– नेतृत्वको बहस सामाजिक सञ्जालमा होइन, संयन्त्रमा गरौँ

कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीका महामन्त्रीप्रति लक्षित गर्दै पार्टी र नेताहरूको आलोचना केन्द्रीय समितिमा मात्र गर्न चुनौती दिएका छन्।

सच्चिन तयार छौँ तर संयमित र मर्यादित आलोचना गर्दिनुहोस् : रवि लामिछाने

रास्वपाका सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन्।

मिटरब्याजसम्बन्धी पुरानै विधेयक पारित हुन्छ: गृहमन्त्री

संसद् अवरोधका कारण विधेयक पारित हुन नसकेको र सञ्चालन हुने बित्तिकै मिटरब्याजी विरुद्धको विधेयक पारित गरिने गृहमन्त्री श्रेष्ठको भनाइ छ।

संसदीय दलको नेता परिवर्तनको प्रयास जारी छ: गगन थापा

पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्ने व्यवस्था गरेको र पहिले पनि नेता परिवर्तन भएको थापाको भनाइ छ।

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, संगठन सुदृढीकरणमा जोड

बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, संगठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल हुनेछ।

ओली र डोनाल्ड लुबीच भेट, समयमै एमसीसी परियोजना सम्पन्न गर्नुपर्नेमा जोड

सहायक विदेशमन्त्री लुले एमसीसी परियोजना पूर्णरूपमा शुरू गर्ने र वरिष्ठ अधिकारी आएर परियोजना पूर्णरूपमा आरम्भ गर्ने बताए।

एमसीसी कार्यान्वयनबारे अमेरिकी सहायक विदेशमन्त्री लुको चासो

सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।

कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

लम्पी स्किन प्रभावित किसानलाई राहत दिन सांसदको माग

महामारीका रूपमा देखा परेको लम्पी स्किन रोगका कारण प्रभावित किसानलाई राहत उपलब्ध गराउन सांसदहरूले माग गरेका छन्।

लम्पी स्किन रोग नियन्त्रणमा सरकारले गरेका कामबारे संसद्लाई जानकारी गराउन सभामुखको निर्देशन

सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले गरेको कामका बारेमा संसद्लाई जानकारी गराउन निर्देशन दिएका छन्।

मान्छेमा भक्ति समाप्त भयो, भगवानसँग पनि डराउन छोड्यो : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले मानिस भगवान्सँग पनि डराउन छोडेको र अराजकता, जथाभाबी बोल्नेसँग रमाउन थालेको बताएका छन्।

ठगी गर्ने सहकारीलाई कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाएका छौँ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठले सरकारले ठगी गर्ने सहकारीको अनुगमन र जाँचबुझ गरी प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको बताएकी छन्।

रोजेको ठाउँमा सरुवा नपाए आत्महत्या गर्छु भन्दै डाक्टरहरू नै धम्क्याउँछन्: स्वास्थ्यमन्त्री 

डाक्टरलाई दरबन्दी अनुसारको क्षेत्रमा पठाउन नसकिए स्वास्थ्य मन्त्रालयमा सुधार हुने अवस्था नरहेको मन्त्री बस्नेतको भनाइ छ।

राजदूत नियुक्ति छिट्टै हुन्छ: परराष्ट्रमन्त्री

स्थायी नियोग न्यूयोर्क तथा जनेभा, क्यानडा, फ्रान्स, थाइल्यान्ड, यूएई र कुवेत गरी सात स्थानमा राजदूत पद रिक्त छ।

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पास गर्ने कार्यसूची

बिहान १० बजे बस्ने बैठकको शुरूमा मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

दीर्घकालीन असर पर्ने निर्णय नगर्न कोशी सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखलाई साउन ३ गते भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको सर्वोच्चले साउन ७ देखि फैसलाका लागि निरन्तर सुनुवाइ गर्न पनि भनेको छ।

पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान

सीताले २०२८ सालमा कम्युनिष्ट पार्टीको सदस्य लिएकी थिइन्। चार सन्तानकी आमा सीतालाई साना छोराछोरी र श्रीमानको भूमिगत राजनीतिको सन्तुलन कायम गर्नु तत्कालीन अवस्थामा चूनौतीपूर्ण जिम्मेवारी थियो।

राष्ट्रियसभा बैठक स्थगित, बिहीबार बिहान ११ बजे बस्ने

बिहान ११ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ।

‘समानुपातिक प्रणाली खारेज गरौँ, महिला–महिलाबीच प्रतिस्पर्धा गर्ने निर्वाचन क्षेत्र निर्धारण गरौँ’

सांसदहरूले महिला, दलित, जनजाति, खस–आर्य सबैलाई जनसंख्याको आधारमा प्रतिनिधित्व हुने गरी निर्वाचन क्षेत्र निर्धारणका लागि कानूनी व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

काठमाडौँ उपत्यकालाई व्यवस्थित बनाउन गुरु योजना तयार पार्दै सरकार

मन्त्री गुरुङले‍ शहर व्यवस्थित बनाउने भनेर घरहरूलाई भत्काउन सक्ने अवस्था नभए पनि सरकारले बनाएको गुरु योजनाले व्यवस्थित बनाउन र बेथिति हटाउन सहयोग गर्ने बताइन्।