AnonymousUser

Logout

माधव नेपाल भन्छन्– सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र हुँदै छ

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाली कांग्रेस शत्रु हो भन्ने देखाएर सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्।

‘कम्युनिस्ट आन्दोलनले बीपीलाई समयमा नचिन्दा देशले ठूलो क्षति बेहोर्नुपर्‍यो’

नेपाली कम्युनिस्ट आन्दोलनले बीपीलाई समयमा चिन्न नसक्दा देशले ठूलो क्षति बेहोर्नुपरेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन्।

कोरियामा काम गरेर फर्किएकाका लागि पुनः खुल्यो भाषा परीक्षाको आवेदन

कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन्। भाषा परीक्षा भदौ १८ देखि २९ गतेसम्म हुनेछ।

राजदूत नियुक्ति प्रक्रियाप्रति उपेन्द्र यादवको असन्तुष्टि

जसपा अध्यक्ष उपेन्द्र यादवले प्रस्तावित राजदूत समावेशी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

टीआरसी विधेयकमाथि छलफल गर्न बनेको उपसमितिको म्याद १५ दिन थपियो

समितिका ज्येष्ठ सदस्य सभापति मंगलप्रसाद गुप्ताले उपसमितिको म्याद १५ दिन थप गरेको बताए।

कांग्रेस सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

संसदीय समितिको बैठकमा कांग्रेस सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीले तत्काल राजीनामा दिई सुन तस्करी प्रकरणसम्बन्धी अनुसन्धानलाई सहज बनाउनुपर्ने बताएका छन्।

सुनकाण्डको अनुसन्धान जरैसम्म पुग्छ: गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध रूपमा सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताएका छन्। 

सुन तस्करी प्रकरणमा बिनाप्रमाण कृष्णबहादुर महराको नाम जोडियो: सञ्चारमन्त्री

शुक्रबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री शर्माले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता नरहेको दाबी गरेकी छन्। 

लोकरिझ्याइँको राजनीति देशका लागि घातक : शेखर कोइराला

कांग्रेसका नेता कोइरालाले देशमा राष्ट्रियताको आडमा लोकप्रियतावादीका रूपमा नेताहरूले आफूलाई स्थापित गरिरहेको उल्लेख गर्दै लोकरिझ्याइँको राजनीति भविष्यमा देशका लागि घातक हुने बताए।

पार्टीको सदस्य संख्या नघटेको एमालेको दाबी

एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले प्रत्येक वडामा मतदाता संख्याको कम्तीमा तीन प्रतिशत सदस्य पुर्‍याउने र पार्टीको एघारौँ महाधिवेशनसम्ममा १० लाख गुणस्तरीय सदस्य पुर्‍याउने लक्ष्य रहेको बताए।

गृहमन्त्री भन्छन्– सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुन्छ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई गम्भीरतापूर्वक अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अझै दुई दिन चल्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ।

सेनाको संख्या कुनै पनि हालतमा घटाउनु हुन्न: वामदेव गौतम

राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली सेना घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको खण्डन गर्दै प्रतिनिधिसभाको संख्या घटाउन र प्रदेशसभा हटाउँदा उपयुक्त हुने बताए।

कानून उल्लंघन र बेथितिलाई छुट दिइँदैन : गृहमन्त्री

गृहमन्त्री श्रेष्ठले व्यवसायमा देखिएका कमजोरी सच्याउने र समस्या भए समाधान गर्ने दिशातर्फ प्रभावकारी कदम चाल्नु आवश्यक भएको धारणा राखे।

सुन तस्करीमा सत्तारुढ दलका नेताको नाम मुछिनु गम्भीर: शंकर पोखरेल 

राष्ट्रलाई नै लज्जित बनाउने सुन तस्करीका घटनामा संसद्‌को ध्यान जान जरुरी रहेको पोखरेलको भनाइ छ। 

क–कसका लागि बनाउन खोजियो विधिको शासन नै खल्बल्याउने कानून?

विभिन्न अभियोगमा जेलमा रहेका नेतादेखि राजनीतिको आवरणमा हिंसात्मक गतिविधि गरेकाहरूलाई उन्मुक्ति दिन यस्तो विधेयक ल्याइएको, यसले विधिको शासन नै भताभुंग पार्ने सरोकारवालाहरू बताउँछन्।

प्रधानमन्त्री दाहाल साउन ७ गते इटाली भ्रमणमा जाने

मन्त्रिपरिषद् बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ।

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी नेम्वाङ र पोखरेललाई

पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएर ओली कम्बोडिया गएका हुन्। 

लेखा परीक्षण नबुझाउने दललाई पत्राचार गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले लेखा परीक्षण गराई प्रतिवेदन पेस नगर्ने राजनीतिक दललाई जरिबानाको जानकारी र सचेतसहित पत्राचारको तयारी गरेको छ।

राष्ट्रपति पाउने शर्तमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका थियौँ : पूर्णबहादुर खड्का

उपप्रधानमन्त्री एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति पाउने शर्तमा प्रधानमन्त्री दाहाललाई पुस २६ गते विश्वासको मत दिइएको बताएका छन्।