AnonymousUser

Logout

संसद्को अवरोध हटाउन सत्तापक्ष र प्रतिपक्षी शीर्ष नेताबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपीशर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ।

कोशी प्रदेश सरकारविरुद्धको रिट आनन्दमोहन भट्टराईको इजलासमा

कांग्रेसका उद्धव थापालाई संविधानविपरीत मुख्यमन्त्री नियुक्त गरिएको दाबीसहित एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो। 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

कानुनमन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ पेस गर्ने कार्यसूची छ।

सभामुख भन्छन्– सदनको अवरोध हटाउन सत्ता र प्रतिपक्षबीच समझदारी जुटाउने कोशिशमा छु

सभामुख घिमिरेले संसद्मा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न आफूले सत्तापक्ष र प्रतिपक्षबीच मध्यस्थता गरिरहेको बताएका छन्।

स्पष्टीकरणको मौका नदिई प्रधानमन्त्रीको राजीनामा मागेर एमालेले गलत गर्‍यो: राजेन्द्र पाण्डे

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री दाहाललाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर एमालेले गलत काम गरेको बताए।

नीति तथा कार्यक्रम तय गर्न समाजवादी मोर्चाले गठन गर्‍यो चार सदस्यीय कार्यदल

चार दलसम्मिलित समाजवादी मोर्चाले मोर्चाका सन्देश जनतासमक्ष पुर्‍याउन सातै प्रदेश राजधानीमा कार्यक्रम गर्ने पनि निर्णय गरेको छ।

रास्वपाको हविगत पनि पुरानै पार्टीहरूको जस्तै हुने घनश्याम भुसालको दाबी

रोजगारी सिर्जना गर्न र सुशासन कायम गर्न दलाल पुँजीवादले ल्याएको विकृतिविरुद्ध संघर्ष गरेर अघि बढ्नुपर्ने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको भनाइ छ।

 गगन थापा भन्छन्– फेरि कांग्रेस संसदीय दलको नेता बदल्न लाग्छु

कांग्रेस महामन्त्री गगन थापाले अहिले देशका लागि आफू या आफ्नो पुस्ताको प्रधानमन्त्री आवश्यक रहेको बताउँदै पुनः कांग्रेस संसदीय दलको नेता बदल्न लाग्ने बताएका छन्।

अहिले एमालेका लागि सत्ता होइन राष्ट्रको भविष्य प्रधान हो: शंकर पोखरेल

कमजोरहरूको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको एमाले महासचिव शंकर पोखरेलको तर्क छ।

प्रितम सिंहबारे प्रधानमन्त्रीको अभिव्यक्तिले भूराजनीतिक परिस्थिति पेचिलो बन्यो: राजेन्द्र लिङ्देन

प्रधानमन्त्री दाहालले आफू सत्तामा टिकिरहनका लागि सिंहबारे दिएको अभिव्यक्तिले मुलुकको भूराजनीतिक अवस्था झनै गम्भीर बनाएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ छ।

सांसदहरू भन्छन्– रेमिट्यास भित्र्याउन मात्रै युवा विदेश पठाउँदा देश दुर्घटनामा पर्छ

सरकारले सधैँ वैदेशिक रोजगारीलाई मात्रै प्राथमिकता दिएर रेमिट्यान्स भित्र्याउने प्रयास गर्दा भविष्यमा मुलुक दुर्घटनामा पर्ने सांसदहरूले चेतावनी दिएका छन्।

प्रधानमन्त्री दाहालले ‘रअ’ प्रमुखलाई लुकेर भेटेको ओलीको दाबी

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गरेका छन्।

प्रतिनिधिसभाको बैठक स्थगित

संघीय संसद् सचिवालयले अर्को बैठक असार २४ गते दिउँसो १ बजेका लागि तोकेको छ।

जनताको जीवनरक्षाका निम्ति गम्भीर बन्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरूलाई औपचारिक नेतृत्व वा प्रशासक नभएर जनताको सेवकका रूपमा आफूलाई स्थापित गर्न निर्देशन दिएका छन्।

राष्ट्रियसभा अध्यक्षले भने– प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाऔँ 

एमाले सांसदले बैठक अवरुद्ध गर्ने अडानलाई निरन्तरता दिएपछि अध्यक्ष तिमिल्सिनाले आइतबारसम्मका लागि बैठक स्थगित गरेका छन्।

कोशी प्रदेश सरकारविरुद्ध एमाले सर्वोच्चमा 

संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशबाट बदर हुनुपर्ने एमालेको माग छ। 

ललिता निवास जग्गा हिनामिना गर्ने जोसुकै भए पनि कारबाहीको दायरामा आउँछन्: गृहमन्त्री

सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा हिनामिना प्रकरणसहित अन्य थुप्रै घटनाको अनुसन्धान अघि बढाउने गृहमन्त्री श्रेष्ठको भनाइ छ।

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, सुनुवार र जबेगु मन्त्री नियुक्त

एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन्। दुवैको कार्य विभाजन भने भएको छैन। 

प्रधानमन्त्रीको अभिव्यक्तिले सबैलाई अप्ठ्यारो महसुस गरायो: गगन थापा

कांग्रेस महामन्त्री थापाले पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिको प्रधानमन्त्री स्वयंले संसद्मा स्पष्टीकरण दिएपछि अन्यौलता हट्ने बताएका छन्।

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई नियुक्त गरेका छन्।