जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा ५९.१९ प्रतिशत मतदान भएको छ।
भियतनाममा पिउने पानी र सरसफाइको अभावले करिब ३० लाख मानिस रोगको जोखिममा रहेको युनिसेफले जनाएको छ।
केजरीवालले पार्टी संसदीय दलको बैठकमा आफ्नो उत्तराधिकारीका लागि आतिशीको नाम प्रस्ताव गरेका थिए।
बाढीका कारण नाइजेरियामा तीन करोड २० लाख मानिस गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेको ओसीएचएले पुष्टि गरेको छ।
घटनास्थलबाट एके ४७ बन्दुक र स्कोप बरामद भएको छ। साथै दुई वटा झोला र एउटा गोप्रो क्यामेरा पनि फेला परेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको एफबीआईले जनाएको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई दिनपछि पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
उद्धारकर्ताले विस्फोटस्थल नजिकै जलेका थप आठ शव फेला पारेपछि मृतकको संख्या २४ पुगेको हो। यसअघि १६ जनाको मृत्यु भएको जनाइएको थियो।
गाजाको नागरिक सुरक्षा विभागले गाजाको एक घरमा भएको इजरायली हवाई आक्रमणमा चार बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको बताएको छ।
म्यानमार, भियतनाम, लाओस र थाइल्यान्डमा विनाशकारी चक्रवात ‘यागी’सँगै आएको भारी वर्षाले निम्त्याएको बाढी पहिरोले करिब ३०० जनाको ज्यान लिएको छ।
रुसको कुर्स्कमा युक्रेनको आक्रमणपछि युद्धरत दुवै मुलुकबीच दोस्रोपटक युद्धबन्दी आदानप्रदान भएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शुक्रबार ४९ युद्धबन्दी रुसबाट किभ फिर्ता भएको बताएका छन्।
म्यानमारको अग्नि नियन्त्रण सेवाले शुक्रबार १७ जनाको मृत्यु भएको पुष्टि गरेको छ। आँधीले निम्त्याएको विपत्का कारण ५० हजारभन्दा बढी मानिस विस्थापित भएको जनाएको छ।
जीवाश्म इन्धनको सट्टा वैकल्पिक ऊर्जातर्फ रूपान्तरण गर्ने चिनियाँ नीति पनि इन्धन खपतमा न्यूनता आउनुमा जिम्मेवार रहेको आईईएले जनाएको छ।
भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का वरिष्ठ नेता तथा महासचिव सीताराम यचुरीको बिहीबार निधन भएको छ।
यागी चक्रवातका कारण भएको भारी वर्षापछि आएको बाढीले उत्तरी भियतनाम, लाओस्, थाइल्यान्ड र म्यानमारका भूभाग डुबानमा परेका छन्।
पछिल्लो हमलामा राष्ट्रसंघद्वारा सञ्चालित सुविधासमेत प्रभावित बनाई आश्रय लिएका मानिसलाई विस्थापित गरेको जनाइएको छ।
इरानका नव निर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानले बुधबार छिमेकी मुलुकको भ्रमणका क्रममा इराकसँग एक दर्जनभन्दा बढी सम्झौतामा हस्ताक्षर भएको घोषणा गरेका छन्।
बहसको अन्त्यमा ह्यारिसले आफ्नो ध्यान भविष्यमा केन्द्रित रहेको र ट्रम्प विगतमा फसेको बताइरहँदा ट्रम्पले भने, 'ह्यारिसले चुनाव जिते तेस्रो विश्वयुद्ध सम्भव छ।'
मणिपुरको स्थानीय सरकारले राजधानी इम्फाल र वरपरको उपत्यकामा अर्को आदेश नआउन्जेल पूर्ण कर्फ्युको घोषणा गरेको छ।
सोमबार राति गाजाको अल मवासी क्षेत्रमा भएको आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको तथा ६० भन्दा धेरै घाइते भएका हमासद्वारा सञ्चालित प्रशासनले जनाएको छ।
चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले बस्तीहरूमा क्षति पुर्याउनुका साथै पुल तथा सवारीसाधनसमेत बगाएको छ।