इजरायलले पछिल्लो समय आफ्ना छिमेकी मुलुकमा बसेर इजरायलमाथि आक्रमण गर्ने विभिन्न समूहमाथिको कारबाहीलाई बढाएको छ।
अफगानिस्तान काउन्टर नार्कोटिक प्रहरीले तीन वर्षमा देशभर १ हजार ४५० लागुऔषध प्रयोगशाला तथा ३७ हजार अफिम फार्म नष्ट गरेको छ।
जुलाईमा भएको राष्ट्रपति चुनावको विवादित नतिजापछि गोन्जालेजविरुद्ध वारेन्ट जारी भएको थियो। त्यसपछि उनी लुकेर बसेका थिए।
अघिल्लो राष्ट्रपतीय निर्वाचनमा ३ प्रतिशत मत मात्र पाएका ५५ वर्षीय मार्क्सवादी नेता दिसानायके कसरी यति लोकप्रिय बने जसले आगामी निर्वाचन जित्ने चर्चा भइरहेको छ?
मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक र विमानले प्रयास तीव्र पारेका छन्।
दक्षिण कोरियामा जन्मदर कम हुनुको पछाडि एक महत्त्वपूर्ण कारण भनेको युवा पुस्तामा विवाहप्रति सकारात्मक धारणा नहुनु हो।
वामपन्थीहरूले प्रधानमन्त्रीका रूपमा बार्नियरको मनोनयनप्रति आपत्ति जनाएका छन्।
न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा बिहीबार मध्यरातमा आगलागी भएको थियो।
युक्रेनी संसद्ले रिक्त विदेशमन्त्री पदमा एन्ड्री सिबिहालाई नियुक्त गर्ने पक्षमा मतदान गरेको हो। सिबिहाले उपस्थित ३१५ सांसद्मध्ये २५८ को समर्थन प्राप्त गरे।
भारतको कान्छो ‘यूनियन टेरिटोरी’मा सेप्टेम्बर १८ देखि अक्टोबर १ सम्म हुने निर्वाचनबाट ९० विधायक छानिने छन्। हिन्दू बहुल जम्मुमा भाजपा र मुस्लिम बहुल कश्मीरमा एनसी वा एआईपीको पल्ला भारी हुने अनुमान छ।
युक्रेनसँग अल्पकालीन मागका आधारमा नभई इस्तानबुलमा सहमति भएको दस्ताबेजका आधारमा वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।
रुसले आणविक हतियारको प्रयोगबारे आफ्नो आधिकारिक अडानमा परिवर्तन आएको संकेत गरेको छ।
राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले चाँडै नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने घोषणा गरेपछि विदेशमन्त्री दिमित्रो कुलेबाले बुधबार पदबाट राजीनामा दिएका हुन्।
मानव तस्करहरूले ३० देखि ४० जनासम्म यात्रु बोक्ने डुंगामा ७० जनाभन्दा बढीलाई राख्दा दुर्घटना हुने गरेका छन् ।
युक्रेनको मध्यपूर्वी क्षेत्रको एक सैन्य तालिम केन्द्र र नजिकैको अस्पतालमा दुई वटा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताएका छन्।
कंगोको सबैभन्दा ठूलो जेल तोड्ने प्रयासका क्रममा कम्तीमा १२९ जनाको मृत्यु भएको छ।
मंगलबार बिहान बस सडक छेउमा रहेका अभिभावक र विद्यार्थीहरूको भिडसँग ठोक्किएको थियो। दुर्घटनामा मृत्यु हुनेमा ६ अभिभावक र ५ विद्यार्थी छन्।
बांग्लादेशमा बाढीबाट प्रभावित ११ जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने देशभर सात लाखभन्दा बढी घरपरिवार विस्थापित भएका छन्।
प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्न धेरै काम नगरेको प्रदर्शनकारीहरूको भनाइ छ।
कुचिनोएराबु टापु नजिकै एक चिनियाँ नौसैनिक जहाज जापानी जलक्षेत्रमा प्रवेश गरेको र करिब दुई घण्टापछि याकुशिमा टापुको दक्षिण पश्चिमबाट निस्किएको थियो।