AnonymousUser

Logout

रुसको कामचट्कामा २२ जना सवार हेलिकप्टर सम्पर्कविहीन

रुसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा २२ जना सवार हेलिकप्टर बेपत्ता भएको छ।

कानूनी प्रतिनिधि नियुक्त नगरेपछि ब्राजिलमा एक्समाथि प्रतिबन्ध

ब्राजिलको दूरसञ्चार एजेन्सीका प्रमुखले एक्स प्लेटफर्म निलम्बन गर्न आदेश दिइएको पुष्टि गर्दै आदेश कार्यान्वयनको प्रक्रिया अघि बढेको बताएका छन्।

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना

हेलिकप्टर उडेलगत्तै सन्तुलन गुमाएर दुर्घटना भएको हो। दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।

पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु

शुक्रबार बिहान गएको पुरिएर घरभित्र सुतिरहेका तीन महिला, ६ बालबालिका र तीन पुरुष गरी १२ जनाको मृत्यु भएको छ।

अमेरिकामा मुना पाण्डेको हत्या आरोपमा १ पुरुष पक्राउ

टेक्सासको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन्।

जलवायु परिवर्तनले चक्रवात वृद्धि : अध्ययन

डब्ल्यूडब्लूएले मानव सिर्जित जलवायु परिवर्तनका कारण हावाको गति सात प्रतिशत वृद्धि भएको तथा वर्षा पनि बढेको निष्कर्ष निकालेको छ।

गुजरातमा मनसुनी बाढीका कारण २८ जनाको मृत्यु

भारी बर्षाका कारण नदीका बहाव बढेका छन्। नदी नजिक बसोबास गर्ने ३० हजारभन्दा बढी मानिस घर छाडेर सुरक्षित स्थानमा स्थानान्तरण भएका छन्।  

ईयूसँग सम्बन्ध सुधार्ने प्रयासमा बेलायत, प्रधानमन्त्री स्टार्मरले भेटे जर्मन चान्सलर

ब्रेक्जिटपछि यो भेट बेलायत र युरोपेली संघ (ईयू)बीचको सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण मानिएको छ।

गाजाको सुरुङबाट एक बन्धकको उद्धार, के भन्छन् उनी?

हमासको आक्रमणको क्रममा पक्राउ परेका ५२ वर्षीय एक बन्धकलाई इजरायली सेनाले मंगलबार गाजास्थित सुरुङबाट उद्धार गरेको छ।

वेस्ट ब्यांकमा इजरायली आक्रमण: १० प्यालेस्टिनीको मृत्यु  

बुधबार बिहान इजरायली सेनाले उत्तरी वेस्ट ब्यांकबम ‘जेनिन र तुलकार्ममा आतंकवादविरोधी गतिविधि’ नियन्त्रणका लागि कारबाही गरिएको जनाएको छ।

सेल्फी लिन खोज्दा २६२ फिट गहिरो खाल्डोमा खसेर स्टार खेलाडीको मृत्यु

साहसिक यात्रा गर्न रुचाउने २३ वर्षीया जिम्नास्ट स्टार खेलाडी नताली स्टिचोभा आफ्नो इन्स्टाग्राममा राख्नको लागि विभिन्न तस्वीर लिने गर्थिन्।

क्यानडाले चिनियाँ विद्युतीय सवारी साधनमा शतप्रतिशत शुल्क लगाउने

अमेरिका र युरोपेली संघले हालैका महिनामा चिनियाँ ईभीमाथि क्रमशः शतप्रतिशत र ३८ प्रतिशत कर लगाएका छन्। 

भारतीय उत्पादनलाई ‘शतप्रतिशत शुद्ध न्युजिल्यान्ड’को भनी बेच्ने डेरी कम्पनीलाई साढे २ लाख डलर जरिबाना

न्युजिल्यान्डको वाणिज्य आयोगले भारतबाट आयातित दुग्ध सामग्री बेच्ने तर आफ्नो उत्पादन ‘शतप्रतिशत शुद्ध न्युजिल्यान्ड’को हो भनी झूटो दाबी गर्ने कम्पनीलाई साढे दुई लाख डलर जरिबाना तिराएको छ।

इजरायलका ‘नयाँ शर्तहरू’ अमान्य भन्दै वार्ताबाट पछि हट्यो हमास

हमासको प्रतिनिधिमण्डलले वार्तास्थल छोडेपछि अमेरिकालगायतका मध्यस्थकर्ताको युद्धविराम सफलताको सम्भावनामा थप जटिलता आएको छ।  

पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारी समूहद्वारा २३ यात्रुको हत्या

पाकिस्तानको बलुचिस्तान प्रान्तमा बन्दुकधारीले बसमा यात्रा गरिरहेका यात्रुलाई झारेर गोली हान्दै हत्या गरेका हुन्। 

रुसी मिसाइल आक्रमणमा रोयटर्सका सुरक्षा सल्लाहकार इभान्सको मृत्यु

शनिबार राति युक्रेनी शहर क्रामातोर्स्कको एक होटलमा आक्रमण भएको थियो, जहाँ इभान्ससहितको टोली समाचार रिपोर्टिङका क्रममा बस्दै आएको थियो।

इजरायलमा ४८ घन्टाका लागि संकटकाल घोषणा

इजरायलका रक्षामन्त्री योव ग्यालान्टले संकटकाल घोषणा गरेका हुन्। तनाव बढेसँगै इजरायली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

टेलिग्रामका सीईओ पक्राउ, २० वर्षको जेल सजाय हुनसक्ने

रुसीमूलका पावेल दुरोभले सन् २०१३ मा टेलिग्राम स्थापना गरेका थिए। छोटो समयमा चर्चा बटुलेको टेलिग्रामका सीईओ दुरोभ किन पक्राउ परे?

महोत्सवमा चक्कु प्रहार गरी ३ जनाको हत्या गर्ने आक्रमणकारी खोज्दै जर्मन प्रहरी

पश्चिमी जर्मनीको सोलिनजेन शहरमा शुक्रबार आयोजित महोत्सवमा अज्ञात व्यक्तिबाट छुरा प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

रुसका ९२ गाउँ आफ्नो कब्जामा आएको युक्रेनको दाबी

सन् २०२४ को आठ महिनामा रुसले कब्जा गरेको भन्दा आफूले दुई हप्तामा बढी जमिन कब्जा गरेको युक्रेनले दाबी गरेको छ।