नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम- १ मा पुनः मतदान गर्न माग गरेका छन्।
इलाम– पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन्। इलाम-१ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताएका हुन्।
शनिबार पत्रकारसँग कुरा गर्दै उनले भने, “सरासर धाँधली भएको छ। दुई हजार ४२४ मत खसेको मुचुल्का छ। यिनै बाकसमा गन्दा दुई हजार ६९० मतपत्र फेला परेको छ। २६६ मतपत्र बढी भेटियो।”
उनले निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता नपाउने जनाए। पूर्वप्रधानमन्त्री खनालले भने, “कसले छिरायो त्यहाँभित्र मुचुल्का कागज सही हो कि होइन ? निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता पाउँदैन।”
हालसम्मको गणनाअनुसार इलाम–१ मा नेकपा (एमाले)का महेश बस्नेतले दुई हजार ४५५ मतान्तरले अग्रता लिइरहेका छन्। खनालले १६ हजार ८७ मत प्रप्त गर्दा बस्नेतले १८ हजार ५४२ मत पाएका छन्। क्षेत्र नं १ मा ५९ हजार ९०६ मध्ये १७ हजार २५९ मत गणना हुन बाँकी छ। तर, खनालले पुनः मतदानको माग गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
