संसद्को दुवै सदनबाट बहुमत पाएपछि एलडीपी नेतृ सनई टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्री भएकी छन्। उनले मंगलबार साँझ सपथ लिने छिन्।
सनई टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्री भएकी छन्। उनी मंगलबार संसद्का दुवै सदनबाट प्रधानमन्त्रीमा अनुमोदन भएकी छन्।
यसअघि गत सेप्टेम्बरमा ६४ वर्षीय टाकाइची सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)को नेता चुनिएकी थिइन्। ४६५ सदस्यीय तल्लो सदनबाट उनले २३७ भोट पाएकी छन्। त्यसैगरी, २४८ सदस्यीय माथिल्लो सदनमा उनले १२५ भोट पाएको बीबीसीले उल्लेख गरेको छ। उनले दुवै सदनमा झिनो बहुमत पाएकी छन्।
टाकाइचीले मंगलबार साँझ नै प्रधानमन्त्रीको शपथ लिने छिन्। तर पछिल्लो समय जापानको राजनीति स्थिर हुन सकेको छैन। पछिल्लो पाँच वर्षमा उनी जापानको चौँथो प्रधानमन्त्री भएकी छन्।
जापानमा सन् २०१२ देखि सत्तारुढ रहेको एलडीपीले जनताको विश्वास गुमाउँदै गएको र यो पार्टीको नेतृत्व अस्थिर भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। टाकाइची सन् २०२१ र गत वर्ष गरी दुई पटक दलको नेताको निर्वाचनमा हारेकी थिइन्।
एलडीपीले पार्टी नेतृत्वको चुनाव दुई वर्षअगावै गर्ने कि नगर्ने भनेर मतदान हुने तयारी भएपछि सेप्टेम्बर ७ मा तत्कालीन नेता इशिबाले राजीनामा दिएका थिए। गत अक्टोबरमा प्रधानमन्त्री बनेका इशिबाको कार्यकालमा पार्टीले संसद्का दुवै सदनमा बहुमत गुमाएको थियो।
जापानमा पार्टीको प्रतिस्पर्धामा जित्ने व्यक्तिले प्रधानमन्त्री बन्न संसदमा बहुमत सिद्ध गर्नुपर्छ। दुवै सदनबाट बहुमत पाएसँगै टाकाइचीले इतिहास बनाएकी हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
