टुँडिखेलमा किरात समुदायले मनाए साकेला उँधौली (तस्वीरहरू)

किरात समुदायका व्यक्तिहरूले शनिबार काठमाडौँको टुँडिखेलमा परम्परागत वेशभूषा, संस्कृति र साकेला नृत्यसहित साकेला उँधौली पर्व मनाएका छन्।

काठमाडौँ– किरात समुदायका व्यक्तिहरूले शनिबार काठमाडौँको टुँडिखेलमा परम्परागत वेशभूषा, संस्कृति र साकेला नृत्यसहित साकेला उँधौली पर्व मनाएका छन्।

साकेला उँधौली मुख्यतः किरात राई, लिम्बू, सुनुवार तथा याक्खा समुदायले सामूहिक नाचगानसहित उत्साहपूर्वक मनाउने पर्व हो। यो पर्व बाली भित्र्याएपछि प्रकृति, भूमि तथा पुर्खाप्रति कृतज्ञता व्यक्त गर्न र सम्मान स्वरूप पूजा गर्न मनाइन्छ। यस पर्वले जाडो मौसम शुरू भई मानिसहरू उँधो (तल)तिर बसाइँ सर्ने समयलाई पनि संकेत गर्छ। तस्वीरहरू:

nullnullnullnullnullnullnullnullnullnull