मकवानपुर गढी गाउँपालिका–२ मा अवस्थित उक्त गढी किल्लाभित्र रहेका दरबार, मन्दिर र पर्खालहरू भत्किएर जीर्ण बनेपछि जीर्णोद्धार गरिएको थियो।
काठमाडौँ– मकवानपुर गढी मकवानपुरको सदरमुकाम हेटौँडाको बुद्ध चोकबाट १६ किलोमिटर पूर्वमा रहेको छ। समुद्री सतहदेखि १ हजार १७ मिटर उचाइको पहाडीको थुम्कोमा कान्ति राजपथसँगै अवस्थित यो गढी ऐतिहासिक र पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण छ।
परम्परागत तर उन्नत वास्तुकलाको प्रतिरूप मकवानपुर गढीले तत्कालीन समयको सामरिक महत्त्व तथा राज्यको सुरक्षात्मक उपाय झल्काएको छ।

मकवानपुर गढी गाउँपालिका–२ मा अवस्थित उक्त गढी किल्लाभित्र रहेका दरबार, मन्दिर र पर्खालहरू भत्किएर जीर्ण बनेपछि जीर्णोद्धार गरिएको थियो। पुरातत्त्व विभागले मकवानपुर गढीको भत्किएका भागलाई मर्मत गरी पुरानै आकृतिमा संरचना निर्माण गरेको छ।
यहाँ चितवन, मकवानपुर र मधेशका विद्यार्थी अध्ययन भ्रमण र पिकनिकका लागि आउने गरेका छन्। गढीभित्र वंश गोपाल मन्दिर छ। भित्र कृष्णलाई फलामे सांलोले बाँधेर राखिएको छ। मन्दिरको केही तल एउटा गुफा छ। त्यही गुफाबाट कृष्ण ओहोरदोहोर गर्थे भन्ने जनविश्वास छ।
सेन वंशका राजाले १३औँ शताब्दीको शुरूतिर यहाँ शासन गरेको इतिहास छ। सेन वंशका प्रतापी राजा मुकुन्द सेन कै नामबाट मुकुन्दपुर, माकन्दपुर, मुकुनपुरको अपभ्रंश हुँदै मकवानपुर नामकरण भएको हो भन्ने किंवदन्तीसमेत छ।

लोहाङसेनदेखि दिग्बन्धन सेनसम्मका राजाले करिब ३०० वर्षसम्म मकवानपुर गढीलाई राजधानी बनाएर राज्य गरेका थिए।






Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
