यहाँ उत्पादन भएको सखरखण्ड नेपालगन्ज, काठमाडौँ, पोखरा, धनगढी, विराटनगर, इटहरी, सुर्खेत, दाङलगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिन्छ।
जानकी– रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सकेर बगरमा सखरखण्ड खन्न पुग्छन्।
बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दैनिकी राप्ती नदीको बगरमाथिको चिसो बालुवामा फलाइएको सखरखण्ड खन्नमै बित्ने गरेको छ। बेलुकासम्म श्रम गरेर उनी दैनिक ६०० रुपैयाँ कमाउँछन्।
“दिनभरिको कमाइले घर व्यवहार चलाउन सकेको छु,” उनले भने। सखरखण्ड बालुवाबाट केलाएर झेउवामा हाल्ने र बिक्रीका लागि थुप्रो बनाउने काम रामपतिले दिनहुँ गर्छन्।
रामपति जस्तै सोही पालिका वडा नम्बर ६ मेहमानपुरका वीरबहादुर थारुको पनि यही दैनिकी बनेको छ। उनी पनि राप्ती नदीको बगरमाथिको बालुवामा लगाइएको सखरखण्ड खन्न दिनहुँ आइपुग्छन्। दैनिक करिब १० घण्टा काम गरेर उनले पनि रामपतिले जस्तै ६०० कमाउँछन्।
“घरमा पनि गर्ने खेती नै हो। अहिले खेतीको सिजन छैन। गाउँकै साथीले लगाएको हुनाले खाली समय काम गरेर कमाउन आएको हुँ,” उनले भने, “दैनिकी ज्याला थोरै भयो। तर खाली बस्नुभन्दा त यही पनि ठूलो कुरो हो।”
जाडो याममा धेरै व्यक्ति आगो तापेर घरभित्रै बस्न चाहन्छन्। तर डाँडाटपरीका नन्कु गदिया भने बिहानै सखरखण्ड खन्न बगरतर्फ लाग्छन्। उनी पनि रामपति र वीरबहादुर जस्तै दैनिक ज्यालामा काम गरेर परिवारको गुजारा चलाउँदै आएका छन्। सखरखण्ड खनेर कमाएको पैसाले परिवार र घर खर्च जोहो गर्न सहज भएको उनी बताउँछन्।
“यो समय यसै पनि किसानहरू खाली बस्ने समय हो। तर यो समयमा सखरखण्ड खनेर भए पनि पैसा कमाउन पाएको छु,” उनी भन्छन्, “यसले मेरो घर खर्च चल्न सजिलो बनाएको छ।”
बिहानको चिसो सिरेटोसँगै रामपति, वीरबहादुर र नन्कु जस्तै अन्य कामदार पनि सखरखण्ड खन्न राप्ती नदीको बगरमा आइपुग्छन्। यही बगरमा डाँडाटपरीका ४५ वर्षीय फत्तेसिंह थारुले विगत ९ वर्षदेखि करिब २५ कठ्ठा क्षेत्रफल जग्गा भाडामा लिएर सखरखण्ड खेती गर्दै आएका छन्।
“मैले २०७४ सालमा बगरमाथिको यो जग्गा भाडामा लिएर सकरखण्ड खेती गर्दै आएको छु,” उनले भने, “शुरूआती वर्षहरूमा नदीले डुबान पारेर बगरमा लगाएको सखरखण्ड सबै डुबाइदियो। त्यतिबेला मलाई लगभग ६०–७० हजार रुपैयाँ जति घाटा लागेको थियो।”
उनी सखरखण्डसँगै तरबुजा खेती पनि गर्दै आएका छन्। “पहिला पहिला त खासै अनुभव थिएन। नदीको बगरमा लगाएको हुनाले नदीको बहावले मलाई धेरै घाटा बनायो। अहिले काम गर्दै जाँदा नदीको बहावलाई कसरी रोक्ने भन्ने कुराको अनुभव भयो,” फत्तेसिंहले भने।
४५ हजार रुपैयाँको लगानीमा लगाएको सखरखण्ड फत्तेसिंहले यस वर्ष ६५ क्विन्टल उत्पादन गरिसकेका छन्। हाल सखरखण्ड प्रतिकिलो ६० रुपैयाँका दरले किसानबाट खरिद भइरहेको छ। बजारमा ८० देखि १०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
“अरू खेतीको तुलनामा यो खेती गर्न धेरै सजिलो छ। तर नदीको बहावको धार फर्काउन सक्नुपर्छ,” उनले भने, “यसको बिरुवा उमार्न पनि खासै गाह्रो छैन। उम्रिसकेपछि फल्न फलाउन धेरै मेहनत गर्नु पर्दैन। तर यसलाई लगाउन कामदार धेरै चाहिन्छ र समय पनि धेरै खर्च हुन्छ।”
फत्तेसिंहले फलाएको सखरखण्ड नेपालगन्ज, काठमाडौँ, पोखरा, धनगढी, विराटनगर, इटहरी, सुर्खेत, दाङलगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिन्छ। सखरखण्ड खरिद गर्न अहिले व्यापारी राप्ती नदीको बगरमा आउने गरेका छन्। फत्तेसिंहले सखरखण्डका बिरुवा आफ्नै घरमा उमार्ने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
