२०१२ सालमा स्थापित पुस्तकालयमा पुस्तक, पत्रिका, हस्तलिखित सामग्री, पाण्डुलिपि, अभिलेख सहितको संग्रह रहेकोमा यसमध्ये ५० हजार कृति भने अनलाइन दर्तामा उपलब्ध भएको जनाइएको छ।
काठमाडौँ– सात दशक लामो इतिहास भएको मदन पुरस्कार पुस्तकालयमा ५० हजार पुस्तक र ५ हजार ८०० पत्रपत्रिकाको अनलाइन दर्ता (क्याटलग) पूरा भएको छ।
२०१२ सालमा स्थापित पुस्तकालयमा पुस्तक, पत्रिका, हस्तलिखित सामग्री, पाण्डुलिपि, अभिलेख सहितको संग्रह रहेकोमा यसमध्ये ५० हजार कृति भने अनलाइन दर्तामा उपलब्ध भएको पुस्तकालयले जनाएको छ।
पुस्तकालयको आफ्नै पहलमा भइरहेको संग्रहबाहेक केही स्वैच्छिक दाता र संग्रहको उपादेयता बुझ्ने सहयोगीले पुस्तकालयमा पुस्तक प्रदान गर्ने क्रम पनि बढेको छ। यसै क्रममा मदन पुरस्कार विजेता अन्वेषक शरदचन्द्र शर्मा भट्टराईका संकलन—संरक्षणमा रहेका सम्पूर्ण पुस्तक/अभिलेख सामग्री पुस्तकालयका अध्यक्ष कनक दीक्षितलाई हस्तान्तरण गरिएको छ।
भट्टराईकी श्रीमती कमला शर्माले आफ्ना श्रीमानको लगन र रुचिमा संकलित पुस्तक तथा लिखित दस्ताबेज थप अध्ययन, संरक्षण र अनुसन्धानका निम्ति पुस्तकालयमा बुझाइएको बताइन्। साहित्यकार कमल दीक्षितका मूल्यांकनमा ‘समुद्रबाट मोती टिप्ने’ विशिष्ट अन्वेषक भट्टराईले ‘माध्यमिक नेपाली गद्याख्यान’ कृतिका लागि २०५० सालको मदन पुरस्कार पाएका थिए। भट्टराईको २०५९ सालमा निधन भएको थियो।
“शरदचन्द्रज्यूको सिफलस्थित निवासमा पुग्दा उहाँका किताब तथा संकलित सामग्रीलाई श्रीमती कमलाले बढो जनतसाथ राख्नुभएको पायौँ। त्यही किताब रहेको कक्षमा दैनिक पूजा गर्ने, बत्ती बाल्ने र तिनै सामग्रीसँग सुत्ने गर्नुभएको श्रीमती कमलाले अबउप्रान्त यो सम्पदाको जोहो गर्ने जिम्मा हामीलाई दिनुभएको हो,” पुस्तकालयका दीपक अर्यालले भने, “मदन पुरस्कार पुस्तकालयभित्र विशिष्ट स्थान दिएर शरदचन्द्र संग्रहलाई राख्ने भएका छौँ।”
यसैगरी, विगतमा अन्वेषक शिव रेग्मी, रत्न पुस्तक भण्डार (गोविन्द श्रेष्ठ), रघुनाथ घिमिरे, आरडी प्रभास चटौत, जगदीशचन्द्र रेग्मी, चेतकी स्मृति सांस्कृतिक पुस्तकालय, राजेन्द्रगोपाल सिंह, रघुजी पन्त, वासुदेवराम जोशी, सूर्यप्रसाद कोइराला, बीए श्रेष्ठ (धरान) आदिबाट पनि आफ्नो व्यक्तिगत संग्रह पुस्तकालयमा प्रदान गरिएको जानकारी अर्यालले दिए।
पुस्तकालयमा आएका वा खरिद गरिएका पुस्तकको दर्ता रजिस्टर्ड खातामा हुने गरेकोमा पुस्तकालयका संस्थापक कमल दीक्षित आफैले ३६ हजार ८८१ पुस्तकको दर्ता गरेका थिए। पछिल्लो समयमा भने अनलाइन दर्ता शुरू भएको र दर्ता भएमध्ये ३० हजार पुस्तकको मेसिन–रिडेबल क्याटलगिङ पूरा भएको जानकारी दिइएको छ।
“यो काम अनलाइनमा प्रविष्ट भएपछि पुस्तकहरूको एउटा व्यापक र शुद्ध विवरण संसारभर उपलब्ध हुनेछ,” अर्यालले भने, “कैयौँ हस्तलिखित सामग्री, पत्रपत्रिकाका डिजिटल कपी ब्रिटिस लाइब्रेरी, युनिभर्सिटी अफ सिकागो, द डिजिटल साउथ एसिया लाइब्रेरीमा सुरक्षित छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
