परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागको आकस्मिक उद्धार पोर्टलमार्फत दूतावासहरूले विवरण संकलन गर्न थालेका हुन्।
काठमाडौँ– नेपालीहरूको श्रम गन्तव्य क्षेत्र मध्यपूर्व यतिबेला द्वन्द्वग्रस्त छ। गत शनिबार इजरायल र अमेरिकाले इरानमा हमला गरेको थियो। इरानले पनि प्रतिआक्रमण गरेपछि जारी युद्ध रोकिने सम्भावना तत्काल देखिँदैन।
आक्रमणमा आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत अन्य उच्च ओहादाका सैन्य अधिकारी र नेतासहित अहिलेसम्म एक हजारभन्दा धेरै नागरिक मारिएपछि इरानले मध्यपूर्व लक्षित आक्रमण झन् बढाएको छ। इजरायल, कतार, यूएई, साउदी अरेबिया, ओमान, कुवेत, बहराइन लगायत देशमा रहेका अमेरिकी सैन्य क्याम्प, इन्धन प्रसोधन केन्द्र, व्यापारिक भवन तथा अमेरिकी दूतावास लक्षित क्षेप्यास्त्र प्रहार गर्दा ती देशमा कार्यरत नेपालीहरूको सुरक्षा चुनौती पनि बढेको छ।
इरानी मिसाइल आक्रमणमा परी दुबईमा एक जना नेपालीले ज्यान गुमाइसके। आबुधाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा त्यहाँ सुरक्षा गार्डको काम गर्दै आएका गोरखाका दिवस श्रेष्ठले ज्यान गुमाएका हुन्।
मध्यपूर्वका यी देशमा करिब १९ लाख नेपाली श्रमिक छन्। यस्तो युद्धरत अवस्थामा सावधानी अपनाउन भन्दै ती देशस्थित नेपाली दूतावासले विभिन्न सूचना जारी गरेका छन्। आफू सुरक्षित रहन र स्थानीय प्रशासनको निर्देशन मान्न आग्रह गरेका छन्। फोटो भिडियो नखिच्न, सामाजिक सञ्जालमा भ्रामक सूचना तथा समाचार शेयर नगर्न पनि भनेका छन्। साथै केही समस्या परे सम्पर्क गर्नका लागि दूतावासहरूले सम्पर्क नम्बर समेत उपलब्ध गराएका छन्।
यस्तो अवस्थामा नेपाली श्रमिकलाई ती देश जानबाट रोक्न वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिन बन्द गरेको छ। यस्तो अवस्थामा ती क्षेत्रमा वैदेशिक रोजगारीमा नजान आग्रह गरेको छ।
विवरण अध्यावधिक गर्दै दूतावास
मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिलाई मध्यनजर गर्दै ती देशमा रहेका नेपाली दूतावासले नेपाली नागरिकहरूको आवश्यक विवरण संकलन गरिरहेका छन्। परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागको आकस्मिक उद्धार पोर्टल मार्फत दूतावासहरूले विवरण संकलन गर्न थालेका हुन्।
प्रतिकूल सुरक्षा अवस्थाका कारण ती देशमा घुम्न तथा व्यावसायिक प्रयोजनमा गएका साथै त्यहीँ रोजगारी गर्दै आएका कतिपय नेपाली स्वदेश फर्किन खोजिरहेका छन्। कतिपय त घर फर्किने भनेर कम्पनीको भिसा रद्ध गरेर पनि फर्किन पाइरहेका छैनन्। हवाई उडानहरू अबरुद्ध भएर ढिलो भएकाहरू पनि छन्। यस्तो अवस्थामा उनीहरूलाई थप समस्या नहोस् भनेर दूतावासहरूले विवरण अद्यावधिक गराउन भनेका हुन्।
यसले सम्भावित जटिल अवस्थामा छिटो, व्यवस्थित र प्रभावकारी रूपमा सहयोग उपलब्ध गराउन मद्दत पुर्याउने विश्वास लिइएको छ। ती देशमा सक्रिय गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पनि सबैलाई आधिकारिक पोर्टलमार्फत यथाशीघ्र आफ्नो विवरण दर्ता गर्न अनुरोध गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
