सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २६ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।

फाइल तस्वीर

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २६ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ। आइतबार सुनको मूल्य तोलामा २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको पनि मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको छ। आइतबार चाँदीको मूल्य ४ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो।