नेप्से परिसूचक सामान्य अंकले घट्यो

सोमबार नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आएको छ भने आठ अर्ब ६६ करोडभन्दा माथिको शेयर कारोबार भएको छ।

काठमाडौँ– साताको पहिलो कारोबा दिन सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ४.१८ अंकले घटेर २८३३.६० बिन्दुमा कायम भएको हो।

आज ३४२ कम्पनीको दुई करोड एक लाख ६३ हजार ७९३ कित्ता शेयर एक लाख एक हजार १८० पटक खरिदबिक्री हुँदा आठ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा बैंकिङ ०.४७, विकास बैंक ०.५५, वित्त ०.२९, जीवन बीमा ०.४६, लघुवित्त ०.४२, व्यापार ०.२१ र अन्य समूह १.६२ प्रतिशतले घटेको छ। अरू सबै समूहको उपसूचक बढेको छ। आज होटल तथा पर्यटन १.०२, जलविद्युत् ०.६६, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४०, म्युचुअल फन्ड ०.३६ र निर्जीवन बीमा ०.४६ प्रतिशतले बढेको छ।

आजको कारोबारमा चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ।