सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको छ।

काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ। बिहीबार सुनको मूल्य तीन लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ हजार १३० रुपैयाँ छ । अघिल्लो दिन ५ हजार २५० रुपैयाँ थियो।