सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १६ सयले बढेर ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ।

फाइल तस्वीर

काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको बढेको छ भने चाँदीको मूल्य घटेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १६ सयले बढेर ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। सोमबार २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य भने ३० रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य ५ हजार १६० रुपैयाँमा कारोबार भएको छ। सोमबार ५ हजार १९० रुपैयाँमा कारोबार भएको थियो।