नेप्से परिसूचकमा सामान्य अंकको सुधार

अघिल्ला चार कारोबार दिन निरन्तर घटेको नेप्से परिसूचकमा मंगलबार सामान्य अंकको सुधार देखिएको छ।

काठमाडौँ– अघिल्ला चार कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक ८.७८ अंकले बढेर २,७१२.८६ विन्दुमा कायम भएको हो।

आज ३ सय ३५ कम्पनीका ७७ लाख ३४ हजार १२ कित्ता सेयर ६२ हजार २५ पटक खरिदबिक्री हुँदा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

बजारमा जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.६३, म्युचुअल फन्ड ०.४४ र अन्य समूह ०.०८ प्रतिशतले बढेका छन्। यता विकास बैंक ०.०४, वित्त ०.१२, होटल तथा पर्यटन ०.०५, लघुवित्त ०.२१ र निर्जीवन बीमा समूह ०.१२ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।