शुक्रबार नेप्से परिसूचक २७ अंकले बढ्दा कारोबार रकम ३ अर्ब २८ करोड रुपैयाँ नाघेको छ।
काठमाडौँ– यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.४९ अंकले बढेर २,७४५.६५ बिन्दुमा कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा १.०१ प्रतिशतको वृद्धि हो।
आज ३३५ कम्पनीको ७४ लाख ७८ हजार ५६२ कित्ता शेयर ५३ हजार १४ पटक खरिदबिक्री हुँदा तीन अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा सबै समूहका उपसूचकहरू बढेका छन्। वित्त समूहमा सबैभन्दा धेरै १.८७ प्रतिशतको सुधार देखिएको छ भने जलविद्युत् १.७१ र निर्जीवन बीमा समूह १.५२ प्रतिशतले बढेका छन्।
त्यस्तै बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड र अन्य समूहको उपसूचकमा पनि सुधार आएको छ।
कम्पनीगत रूपमा त्रिशूली जलविद्युत्को शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने स्वावलम्बन लघुवित्त देखिएको छ, जसको शेयर मूल्य ६.५४ प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
