म्याग्दीको धवलागिरी गाउँपालिकामा निर्माण हुन लागेको ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनामा एनएमबी बैंकले ९१ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको छ।
म्याग्दी– धवलागिरी गाउँपालिकामा निर्माण हुन लागेको ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाको लगानीका लागि वित्तीय स्रोत जुटेको छ। दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको यस आयोजनाको कुल लागत १ अर्ब ३० करोड रुपैयाँ अनुमान गरिएको छ, जसमा एनएमबी बैंकले लगानी गर्ने भएको हो।
बैंकको ७० प्रतिशत (९१ करोड रुपैयाँ) र आन्तरिक स्वपुँजी ३० प्रतिशत (३९ करोड रुपैयाँ) रहने गरी वित्तीय स्रोत व्यवस्थापन सम्झौता भएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीले जानकारी दिए। धवलागिरी गाउँपालिका-३ मुनाको कुनौटामा प्रस्तावित बाँधका साथै सोलवाङस्थित म्याग्दी र दरखोलाको दोभानमा निर्माण हुने विद्युत् गृहसम्म पहुँचमार्ग पुर्याइएको छ।
अध्यक्ष भण्डारीका अनुसार विद्युत् गृहसम्म पानी लैजान ४ किमी ५०० मिटर लामो पेनस्टक पाइपलाइन जडान गरिनेछ। कुनौटामा ३० मिटर लामो बालुवा थिग्राउने पोखरी (डिसेन्डर) निर्माण हुनेछ। ५४८ मिटर उचाइबाट विद्युत् गृहमा पानी खसालेर उत्पादन गरिने विद्युत् ७ किलोमिटर लामो प्रसारण लाइनमार्फत डाँडाखेत सबस्टेसनमा पुर्याई राष्ट्रिय प्रणालीमा आबद्ध गरिने योजना छ।
आयोजना प्रमुख उपेन्द्र घिमिरेले सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन, जग्गा खरिद र विद्युत् खरिद बिक्री सम्झौता (पीपीए)को काम सकिएको जानकारी दिए। 'नदी प्रवाहमा आधारित' यस आयोजनाले सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल ठेकेदार छनोटको अन्तिम चरणमा रहेको उनले बताए।
नेपाल विद्युत् प्राधिकरणसँग विसं २०८० मा भएको सम्झौताअनुसार हिउँदमा प्रतियुनिट ८.४० र बर्खामा ४.८० रुपैयाँका दरले विद्युत् खरिद बिक्री हुनेछ। आयोजनाले विसं २०८४ चैतसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
