घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला चार सय रूपैयाँले घटेको छ।

काठमाडौँ- नेपाली बजारमा सोमबार (आज) सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला चार सय रूपैयाँले घटेर दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुन प्रतितोला दुई लाख ९८ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। 

तर, सोमबार चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रतितोला ४० रुपैयाँले बढेर पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदी प्रतितोला पाँच हजार तीन सय रुपैयाँ थियो।