शेयर बजार मापक नेप्से परिसूचक ३९.४४ अंकले घटेर २,७४४.४० को विन्दुमा झरेको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३९.४४ अंकले ओरालो लागी २७४४.४० मा सीमित भएको छ। यो १.४१ प्रतिशतको गिरावट हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.१५ अंकले ओरालो लागेर ४६९.२६ मा सीमित भएको छ। कुल १ करोड ६ लाख ७८ हजार ५५० कित्ता शेयर रु ४ अर्ब ६६ करोड ५० लाख २० हजार ६७७ मूल्यमा खरिद-बिक्री भयो।
कारोबारका आधारमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर कम्पनी, शिवम् सिमेन्ट र एवाइ प्यानल लिमिटेड शीर्षस्थानमा रहे। नेप्सेका अनुसार धौलागिरि लघुवित्त वित्तीय संस्था, एसबिएल डिबेन्चर, एनआइबिएल समृद्धि फन्ड दोस्रो, एनआइसी एसिया डिबेन्चर र नेपाल एसबिआई बैंक डिबेन्चरका लगानीकर्ताले कमाएका छन्।
यस्तै, फस्ट माइक्रोफाइनान्स लघुवित्त, कुमारी धनवृद्धि योजना, झापा इनर्जी, आत्मनिर्भर लघुवित्त र फरेस्ट इन होटलका लगानीकर्ताले भने गुमाएका छन्।
कारोबार भएका कुल कम्पनीमध्ये १३ वटाको मूल्य बढ्दा २५१ कम्पनीको ओरालो लागेको छ। यस्तै, पाँच कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
