सम्पन्न भएका ३ बाहेक बाँकी २४ आयोजनाको समष्टिगत भौतिक प्रगति हेर्दा ८० प्रतिशत वा सोभन्दा माथि प्रगति हासिल गर्ने ५ वटा आयोजना मात्र छन्।
काठमाडौँ— सरकारले तीव्र आर्थिक विकास र आम नागरिकलाई विकासको प्रतिफल दिलाउने उद्देश्यका साथ अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनाहरूबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको पाइएको छ।
महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार हालसम्म २७ वटा राष्ट्रिय गौरवका आयोजनामा ५ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको लगानी भइसकेको छ। तर, तीमध्ये हालसम्म तीनवटा आयोजना मात्र सम्पन्न भएका छन्। लगानी गरिएका अधिकांश आयोजनाबाट लक्ष्यअनुसारको प्रतिफल हासिल हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।
हाल राष्ट्रिय गौरवका आयोजनाको संशोधित लागत अनुमान २४ खर्ब १५ अर्ब ६ करोड ९७ लाख रुपैयाँ र ६९ करोड ७० लाख अमेरिकी डलर पुगेको छ। कुल आयोजनाहरूमध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल मात्रै सम्पन्न भएका हुन्।
सम्पन्न भएका ३ बाहेक बाँकी २४ आयोजनाको समष्टिगत भौतिक प्रगति हेर्दा ८० प्रतिशत वा सोभन्दा माथि प्रगति हासिल गर्ने ५ वटा आयोजना मात्र छन्। यस्तै, ५० देखि ८० प्रतिशत प्रगति हासिल गर्ने ४ वटा, ५० प्रतिशतभन्दा न्यून प्रगति भएका आयोजना ९ वटा, भौतिक प्रगति नै नखुलेका ४ वटा र काम सुरु नै नभएका २ वटा आयोजना रहेका छन्।
आर्थिक वर्ष २०७८/७९ सम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने अवधि रहेको पशुपति क्षेत्र विकास कोषको हालसम्मको प्रगतिसमेत स्पष्ट नभएको प्रतिवेदनमा उल्लेख छ। अधिकांश आयोजनाको कार्यक्षेत्र थप गर्दै जाने तथा तोकिएको अवधिमा निर्माण कार्य सम्पन्न हुन नसकेका कारण लगानीअनुसारको प्रतिफल हासिल हुन नसकेको हो। महालेखाको प्रतिवेदनले तोकिएको अवधि र लागतभित्रै सम्पन्न हुने गरी आयोजनाहरूको प्रभावकारी व्यवस्थापन हुनुपर्नेमा जोड दिएको छ।
यसैगरी, आयोजनाहरूको बारम्बार म्याद थपिने प्रवृत्तिका कारण लागत वृद्धि हुनुका साथै आयोजनाहरूको उपादेयता र प्रभावकारितामाथि समेत गम्भीर प्रश्न उठेको प्रतिवेदनमा औँल्याइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
