मंगलबार नेप्से परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ मा सीमित भएको छ भने ३ अर्ब आठ करोड रुपैयाँभन्दा बढीको शेयर खरिद–बिक्री भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापन गर्ने नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार, कारोबार मापक नेप्से परिसूचक ६.५१ अंकले ओरालो लागेर २७२४.३९ मा सीमित भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६८ अंकले ओरालो लागेर ४६७.३७ मा सीमित भएको छ। कुल ३४६ कम्पनीको ७८ लाख १६ हजार ४७८ कित्ता शेयर तीन अर्ब आठ करोड ७७ लाख ३० हजार ९६२ रुपैयाँमा खरिद–बिक्री भएको छ।
यसअघि सोमबार नेप्से परिसूचक १.०३ अंकले घटेको थियो भने दुई अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको थियो।
नेप्सेका अनुसार, सिटी होटल, साहस ऊर्जा, आँखु खोला जलविद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र एसवाई नेपाल लिमिटेड कारोबारका आधारमा शीर्ष स्थानमा रहेका छन्।
यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल रिपब्लिक मिडिया, दार्माखोला हाइड्रो इनर्जी, ग्लोबल आइएमई ब्यालेन्स फन्ड १ र नेपाल एसबिआई बैंकको ऋणपत्रका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। त्यसैगरी, सिटी होटल, थ्री स्टार हाइड्रोपावर, प्रभु बैंकको ऋणपत्र २०८७, झापा इनर्जी र केबीएल डिबेन्चरका लगानीकर्ताले भने गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
