सरकारी निकायहरूबीच आपसी समन्वयबिना काम गर्दा काठमाडौँ उपत्यकामा बिछ्याइएको खानेपानीको पाइपलाइनमा ६ करोड ५९ लाख रुपैयाँभन्दा बढीको क्षति भएको र सो रकम अझै असुल हुन नसकेको महालेखापरीक्षकले औँल्याएको छ।
काठमाडौँ– सरकारी निकायहरूबीच एकआपसमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र बिछ्याइएका खानेपानीको पाइपलाइनमा ठूलो क्षति भएको पाइएको छ।
महालेखापरीक्षकको कार्यालयले तयार पारेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार अन्तरनिकाय समन्वय अभावका कारण खानेपानी लाइनमा ६ करोड ५९ लाख ६८ हजार रुपैयाँ बराबरको क्षति भएको छ। नियमअनुसार क्षति पुर्याउने निकायहरूबाट शोधभर्ना लिनुपर्नेमा सो बापतको रकम अझै असुल हुन सकेको छैन।
काठमाडौँ उपत्यकामा बिछ्याइएको पाइपमा सडक विस्तार तथा विद्युत् भूमिगत गर्ने क्रममा क्षति पुगेको हो। महालेखाको विवरणअनुसार नेपाल विद्युत् प्राधिकरणले काम गर्दा १ करोड ६७ लाख ५७ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
यस्तै, सडक विभागले काम गर्दा २ करोड ८० हजार रुपैयाँ, ललितपुर महानगरपालिकाका कारण १ करोड १२ लाख ७३ हजार रुपैयाँ र अन्य निकायहरूका तर्फबाट १ करोड ७१ लाख ३८ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ।
यसैगरी, महालेखाको प्रतिवेदनले उपत्यकाको फोहोर पानी प्रशोधन केन्द्र निर्माणमा भएको ढिलाइ र रकम असुलीको सुस्ततामाथि पनि प्रश्न उठाएको छ। काठमाडौँ उपत्यकाको कोड्कु, सल्लाघारी र धोबिघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माणका क्रममा एक निर्माण व्यवसायीसँग ठेक्का सम्झौता तोडेर नयाँ व्यवसायी छनोट गरिएको थियो। सोही सन्दर्भमा पुरानो निर्माण व्यवसायीबाट कार्यसम्पादन जमानत र पेस्कीसमेत गरी २ अर्ब ५९ करोड ९९ लाख रुपैयाँ असुल गर्ने निर्णय भएको थियो।
उक्त निर्णय भएको लामो समय बितिसक्दा पनि सो रकम असुल नभएकामा महालेखाले गम्भीर आपत्ति जनाएको छ। शुरूमा एक विदेशी कम्पनीसँग ३ अर्ब ४६ करोड ९६ लाख रुपैयाँमा सम्झौता भएकामा सो कम्पनीले ७८ करोड ७७ लाख २५ हजार रुपैयाँ बराबरको मात्र कार्य सम्पन्न गरेको थियो।
तोकिएको समयमा काम नभएपछि ठेक्का सम्झौता अन्त्य गरी पुनः नयाँ निर्माण व्यवसायी छनोट प्रक्रिया अघि बढाइएको थियो। नयाँ व्यवसायी छनोट गर्नुअघि उक्त आयोजनाको लागत अनुमान ६ अर्ब ४७ करोड १ लाख रुपैयाँ गरिएको प्रतिवेदनमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
