सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँले घटेको हो।

फाइल तस्वीर

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।  आइतबार सुन प्रतितोला ३ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, चाँदीको मूल्य भने आज बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ५ हजार ३५५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।