नेप्से परिसूचक २६.७२ अङ्कले घटेर २७५५.३७ को बिन्दुमा सीमित हुँदा पाँच अर्ब ६१ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज २६.७२ अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज परिसूचक ओरालो लागेर २७५५.३७ को विन्दुमा सीमित भएको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.७८ अंकले ओरालो लागेर ४७०.७२ मा सीमित भएको छ। आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि खुलेको बजार चलायमान बन्नुका साथै सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिए पनि आज नेप्से ०.९६ प्रतिशतले घट्न पुग्यो।
दिनभरि भएका कारोबारमा कुल ३४९ कम्पनीका एक करोड ३३ लाख ८३ हजार ८१६ कित्ता शेयर पाँच अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ रुपैयाँमा किनबेच भएका छन्। कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो। यस्तै, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, रिडी पावर कम्पनी र नेशनल हाइड्रोपावर कम्पनी पनि कारोबारका आधारमा अग्रणी स्थानमा रहे।
नेप्सेका अनुसार आज नेपाल पुनर्बीमा कम्पनी, कालिञ्चोक हाइड्रोपावर, सिटिजन्स बैंकको डिबेन्चर, सेन्ट्रल फाइनान्स र सिभिल बैंकको डिबेन्चरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। अर्कातर्फ, बुङ्गल हाइड्रोपावर, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, विशाल बजार कम्पनी, एनआइबिएल समृद्धि फण्ड दोस्रो र नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले आज सबैभन्दा बढी गुमाएका छन्।
बजारका कुल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा मात्रै वृद्धि भएको छ भने बाँकी ११ उपसमूहको शेयर मूल्य घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
