अर्घाखाँचीको पाणिनि तपोभूमि व्यवस्थापन समितिलाई नगद एक लाख ११ हजार १११ राशिको ‘रण-अम्बिका सेवा पुरस्कार’ प्रदान गरिएको छ।
काठमाडौँ– रण अम्बिका शाह सेवा गुठीले अर्घाखाँचीको पाणिनि तपोभूमि व्यवस्थापन, संरक्षण तथा संवर्द्धन समितिलाई यस वर्षको ‘रण-अम्बिका सेवा पुरस्कार’ प्रदान गरेको छ। पुरस्कारको राशि एक लाख ११ हजार १११ रहेको छ।
गुठीका अध्यक्ष डा. चिन्तामणिनाथ योगीको अध्यक्षता र प्राज्ञिक व्यक्तित्व एवं पूर्वराजदूत प्राडा. जयराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पाणिनि तपोभूमि व्यवस्थापन, संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष पुष्करराज पोख्रेल र समितिका अन्तर्राष्ट्रिय संयोजक नेत्रबन्धु पोख्रेललाई संयुक्त रूपमा सम्मानपत्र तथा पुरस्कार वितरण गरिएको हो।
पुरस्कार ग्रहणपछि बोल्दै अन्तर्राष्ट्रिय संयोजक पोख्रेलले पाणिनीय ज्ञान, पाणिनि तपोभूमिको ऐतिहासिक महत्त्व तथा यसको अन्तर्राष्ट्रिय प्रचार–प्रसारका लागि समितिले गरिरहेको अभियानबारे जानकारी दिएका थिए।
त्यस्तै, प्रमुख अतिथि प्रा.डा. जयराज आचार्यले पाणिनिकृत व्याकरण विश्व भाषाविज्ञानको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै यस तपोभूमिको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको ध्यान जान आवश्यक रहेको बताए। गुठीका अध्यक्ष डा. योगीले पनि पाणिनि तपोभूमिलाई महत्त्वपूर्ण विद्यातीर्थका रूपमा विकास गर्न सबैको सहकार्य र समभाव आवश्यक रहेकोमा जोड दिए।
उक्त अवसरमा स्वर्गीय काशीनाथ जोशीलाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो। साथै शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र सांस्कृतिक क्षेत्रमा योगदान पुर्याउने विभिन्न संस्था तथा व्यक्तित्वहरूलाई पनि सम्मान र पुरस्कृत गरिएको थियो।
काठमाडौँस्थित 'रण-अम्बिका सेवा गुठी' समाजसेवी एवम् 'दानवीर' रणबहादुर शाह र उनकी धर्मपत्नी अम्बिका शाहले आफ्नो परिवारलाई समेत समेटेर स्थापना गरेको परोपकारी संस्था हो। शिक्षा, स्वास्थ्य प्रवर्द्धन, राष्ट्रकल्याण, धर्म–संस्कृति संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले स्थापित यस गुठीले विभिन्न शैक्षिक, सामाजिक, धार्मिक र आध्यात्मिक गतिविधि सञ्चालन गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
