नेप्से परिसूचकमा गिरावट जारी

मंगलबार नेप्से परिसूचक ६.३१ अंकले ओरालो लागेर २,७०५.४५ को बिन्दुमा सीमित भएको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.३१ अंकले ओरालो लागेर २,७०५.४५ मा सीमित भएको हो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४८ अङ्कले ओरालो लागेर ४६४.६४ मा सीमित भएको छ।

कारोबार भएकामध्ये ८० कम्पनीको शेयर मूल्य उकालो लाग्दा १७७ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ। यद्यपि, १५ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन।

कुल ३५५ कम्पनीको एक करोड सात लाख आठ हजार ५९६ कित्ता शेयर रु चार अर्ब चार करोड ७८ लाख ५८ हजार ८४ मूल्यमा खरिद–बिक्री भएको छ।

कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ। यस्तै, सिद्धार्थ बैंक, रिलायन्स स्पिनिङ मिल्स, रावा इनर्जी डेभलपमेन्ट र बुङ्गल हाइड्रो शीर्ष पाँचमा परेका छन्।

नेप्सेका अनुसार सोपान फर्मास्युटिकल्स, अपोलो हाइड्रोपावर, डोल्टी पावर कम्पनी, बुङ्गल हाइड्रोपावर र मेछ्याङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्।

यस्तै, सयपत्री हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, एनआइएमबी डिबेन्चर, कालिञ्चोक हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले भने गुमाएका छन्।