नेप्से परिसूचक शुक्रबार झिनो अंकले ओरालो लागेर २६४९.५१ को विन्दुमा बन्द भएको छ।
काठमाडौँ– धितोपत्र बजारका सेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार झिनो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ अंकले ओरालो लागेर २,६४९.५१ मा पुगेको छ।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.५५ अङ्कले ओरालो लागेर ४५७.६८ मा कायम भएको छ।
आज कूल ३५९ कम्पनीका ७७ लाख २७ हजार ६४९ कित्ता सेयर ३ अर्ब ९४ करोड ५८ लाख ४ हजार ५५२ रुपैयाँ मूल्यमा खरिद–बिक्री भएको छ।
कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंकको डिबेन्चर २०८६/८७ शीर्ष स्थानमा रह्यो। यस्तै, ग्लोबल आइएमई बैंककै डिबेन्चर २०८४/८५, नेपाल बैंकको डिबेन्चर २०८७, आँखुखोला जलविद्युत् कम्पनी र सिटी होटल सर्वाधिक कारोबार हुने शीर्ष स्थानमा छन्।
नेप्सेका अनुसार आज स्नो रिभर फल्स, टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, एनएमबी डिबेन्चर २०८९/९० र एनएमबी डिबेन्चर–२०९० का लगानीकर्ताले कमाएका छन्।
यस्तै, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, एनआइसी एशिया ऋणपत्र २०८०, सोपान फर्मास्युटिकल्स र माईखोला हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
