झिनो अंकले घट्यो नेप्से, पौने ७ अर्बको कारोबार

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १.१३ अंकले घटेर २६००.६८ को विन्दुमा ओर्लिएको छ भने कारोबार रकम ६ अर्ब ८६ करोड रुपैयाँ नाघेको छ।

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक १.१३ अंकले ओरालो लागेर २६००.६८ को विन्दुमा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५८ अंकले ओरालो लागेर ४५३.६० मा पुगेको छ। त्यस्तै फ्लोट सूचक ०.१५ अंकले घटेर १७८.५२ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक पनि ०.१९ अंकले घटेर १५३.४७ मा सीमित भएको छ।

आज बजारमा विभिन्न कम्पनीका १ करोड ६ लाख ६० हजार ५३७ कित्ता सेयर ६ अर्ब ८६ करोड ७ लाख १८ हजार ६५८ रुपैयाँमा खरिदबिक्री भएको छ।

आज कारोबार भएका १३ उपसमूहमध्ये ७ उपसमूहको मूल्य घट्यो भने ६ उपसमूहको मूल्य बढेको छ। समग्रमा आज १२० कम्पनीको सेयर मूल्य बढ्यो भने १३५ कम्पनीको सेयर मूल्य घटेको छ।

नेप्सेका अनुसार आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, कुमारी इक्विटी फन्ड र कलङ्गा हाइड्रो कम्पनीका लगानीकर्ताले बढी कमाएका छन्। अर्कातर्फ भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआइसी एसिया स्टेबल फन्ड र सिटिजन बैंक डिबेन्चर लगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन्।