भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुईदिने औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेका हुन्।
काठमाडौँ- भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सोमबार बिहान काठमाडौँ आइपुगेका छन्।
क्वात्रा दुई दिने औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेका हुन्। भ्रमणका क्रममा उनले कनेक्टिभिटी, विद्युत् व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल गर्ने कार्यसूची छ।
नेपालका लागि भारतीय पूर्वराजदूत समेत रहेका उनले आजै होटल याक एन्ड यतिमा द्विपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा सहभागी हुने नेपालस्थित भारतीय दूतावासले जनाएको छ। बैठकपछि आजै उनले परराष्ट्रमन्त्री विमला राईसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
क्वात्राले सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ।
यस्तै, भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल तथा विभिन्न राजनीतिक दलका शीर्षस्थ नेता र उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री दाहालसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन्।
भेटपछि उनी मंगलबार स्वदेश फर्कने भारतीय दूतावासले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
