राष्ट्रपति निर्वाचनमा भोट क्रस हुने सम्भावना छैन : माधव नेपाल

नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान जारी छ।

काठमाडौँ– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनमा भोट क्रस हुने सम्भावना नरहेको बताएका छन्।

राष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले जनताबाट निर्वाचित सांसदहरू आफ्नो विचार र मान्यतामा दृढ हुने बताएका हुन्।

नेताहरूले मूल्य र मान्यता तथा नैतिकताको राजनीति गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो। “जनताबाट निर्वाचित भएका नेताहरू आफ्नो विचार र मान्यतामा दृढताका साथ उभिनेमा म विश्वस्त छु,” अध्यक्ष नेपालले भने, “पार्टीसँग नजोडिएका स्वतन्त्र व्यक्तिले आफ्नै मान्यताका आधारमा निर्णय गर्छन्। त्यो भन्दा भिन्न ढंगले अरू कुरामा प्रभावित भएर चल्छन् जस्तो लाग्दैन।”

नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान जारी छ।