निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न विशेष सजगता अपनाइएको निर्वाचन आयोगले जनाएको छ।
काठमाडौँ– प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन, तनहुँ र बारामा मतदान शुरू भएको छ।
बारा–२, चितवन–२ र तनहुँ–१ मा बिहान ७ बजेदेखि मतदान शुरू भएको निर्वाचन आयोगले जनाएको छ। साँझ ५ बजेसम्म मतदान केन्द्रमा गएर मतदान गर्न आयोगले मतदाता समक्ष अपिलसमेत गरेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न विशेष सजगता अपनाइएको आयोगको भनाइ छ।
मतदान सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, वादविवाद, हूलहुज्जत वा असामान्य परिस्थिति सिर्जना गर्ने वा गराउन खोज्ने जो कोहीलाई कारबाही हुने आयोगले जनाएको छ।
चितवन– २ मा रहेका ४३ स्थलका १३८ केन्द्रमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले बताए। यस्तै, तनहुँका १५२ वटै मतदान केन्द्रमा मतदान भइरहेको छ। जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान गर्न मतदाता सबेरैदेखि लामबद्ध छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
