युरोपेली आयोगले टिकटकको सिफारिस प्रणाली र डिजाइनले विशेष गरी बालबालिकामा मानसिक स्वास्थ्यको जोखिम निम्त्याएको ठहर गर्दै डिजिटल सेवा ऐनबमोजिम सुधार गर्न निर्देशन दिएको छ।
युरोपेली संघ (ईयू)ले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टिकटकलाई आफ्नो प्लेटफर्ममा ‘लत’ लाग्ने खालका डिजाइन परिवर्तन गर्न निर्देशन दिएको छ। ईयूको डिजिटल सामग्री नियमहरू पालना नगरे भारी जरिवाना तिर्न तयार रहन शुक्रबार टिकटकलाई चेतावनी दिइएको हो।
दुई वर्षअघि शुरू गरिएको अनुसन्धानको प्रारम्भिक निष्कर्ष सार्वजनिक गर्दै युरोपेली आयोगले टिकटकले नाबालिग र कमजोर वयस्कहरूमा एपको नकारात्मक प्रभाव कम गर्न प्रभावकारी कदम नचालेको बताएको छ।
स्वचालित रूपमा भिडियो प्रसारण हुने, प्रचारात्मक सूचना र अत्यधिक व्यक्तिगत सिफारिस प्रणाली जस्ता सुविधाहरूले प्रयोगकर्तामा लत बसालेको भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ। आयोगका प्रवक्ता थोमस रेग्नियरले भने, “टिकटकको लत लाग्ने डिजाइन 'डिजिटल सेवा ऐन' (डीएसए) को उल्लंघन हो। यसले विशेष गरी बालबालिकाहरूमा एपको बाध्यकारी प्रयोग बढाउँछ, जसले उनीहरूको मानसिक स्वास्थ्य र कल्याणमा ठूलो जोखिम निम्त्याउँछ।”
आयोगले टिकटकले हालसम्म अपनाएका सुरक्षाका उपायहरू पर्याप्त नभएको समेत ठहर गरेको छ।
यता, टिकटकका प्रवक्ताले एक विज्ञप्तिमार्फत ईयूको निष्कर्षलाई अस्वीकार गरेका छन्। उनले भनेका छन्, “आयोगको निष्कर्षले हाम्रो प्लेटफर्मको बारेमा गलत र गुणस्तरहीन चित्रण प्रस्तुत गरेको छ। हामी यी निष्कर्षहरूलाई चुनौती दिन आवश्यक सबै कानुनी कदमहरू चाल्नेछौँ।”
हालैका वर्षहरूमा ईयूले ठूला प्रविधि कम्पनीहरूको एकाधिकार र ‘अल्गोरिदम’को ज्यादती रोक्न कडा कानूनी प्रावधानहरू अपनाउँदै आएको छ। अब टिकटकले ईयूको दाबीविरुद्ध आफ्नो बचाउ गर्ने अवसर पाउनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
