असाधारण गर्मीको लहरका कारण युरोपेली मुलुकहरूमा जनस्वास्थ्यमा असर पर्नुका साथै विद्यालय र आणविक रिएक्टरसमेत बन्द गरिएका छन्।
युरोपभर फैलिएको असाधारण गर्मीको लहर (हिटवेभ)का कारण जनजीवन, ऊर्जा प्रणाली र स्वास्थ्य क्षेत्रमा गम्भीर असर देखिन थालेको छ। वैज्ञानिकहरूले यो अवस्थालाई जलवायु परिवर्तनको स्पष्ट संकेत भन्दै आगामी दिनमा यस्ता गर्मीका छालहरू अझ बारम्बार, लामो र तीव्र हुने चेतावनी दिएका छन्।
गर्मीको प्रभाव तीव्र बनेपछि फ्रान्स सरकारले संकट व्यवस्थापन बैठक आयोजना गरेको छ भने देशका ५४ विभागमा 'रेड अलर्ट' जारी गरिएको छ। अत्यधिक तापक्रमका कारण त्यहाँ एक हजार ३५० भन्दा बढी विद्यालय बन्द भएका छन्। फ्रान्समा जुन महिनाकै रेकर्ड तोडिँदै औसत तापक्रम २९.२ डिग्री सेल्सियस पुगेको छ।
फ्रान्समा गर्मीकै कारण नदीको पानी अत्यधिक तातो भएपछि दक्षिण-पश्चिमी क्षेत्रको एउटा आणविक रिएक्टर बन्द गरिएको छ। चिसो पार्न प्रयोग गरिने पानीको तापक्रम २८ डिग्री सेल्सियसको सुरक्षित सीमा नाघेपछि यस्तो निर्णय लिइएको हो। अर्कोतर्फ, गर्मी छल्न नदी तथा पोखरीमा जाँदा डुबेर मृत्यु हुने घटना पनि बढेका छन्। अधिकारीहरूका अनुसार सप्ताहान्तयता मात्रै करिब २० जनाको डुबेर मृत्यु भइसकेको छ। दक्षिणपूर्वी फ्रान्समा दुई र चार वर्षका दुई बालबालिका कारभित्र मृत भेटिएपछि अधिकारीहरूले अत्यधिक गर्मीलाई नै सम्भावित कारण मानेर अनुसन्धान सुरु गरेका छन्।
यातायात क्षेत्रमा पनि यसको ठूलो असर देखिएको छ। पेरिसका अधिकारीहरूले नागरिकलाई अनावश्यक यात्रा स्थगित गर्न र सम्भव भएसम्म घरबाटै काम गर्न आग्रह गरेका छन्। रेल प्रणालीले ५० डिग्रीभन्दा माथिको तापक्रम सहन नसक्ने प्राविधिक चेतावनीसमेत दिइएको छ।
अन्य युरोपेली देशहरूमा पनि स्थिति उस्तै छ। बेल्जियमको मौसम विभागले आगामी दिनमा अहिलेसम्मकै उच्च तापक्रम पुग्न सक्ने भन्दै नागरिकलाई सतर्क रहन भनेको छ। जर्मनीमा पनि पौडी खेल्ने क्रममा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने फ्र्याङ्कफर्ट विमानस्थलमा लामो समय विमानभित्रै रोकिएका यात्रुहरू बिरामी परेपछि उनीहरूको उपचार गरिएको छ। यता बेलायतमा पनि तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमानसहित मौसम विभागले उच्च स्तरको सतर्कता जारी गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
