सिक्किमका नेपालीभाषी कवि दावा योञ्जनको कविता संग्रह 'जङ्गली फूल' सार्वजनिक भएको छ।
गान्तोक(सिक्किम)– भारतको सिक्किमका नेपालीभाषी कवि दावा योञ्जनको कविता संग्रह 'जङ्गली फूल' सार्वजनिक भएको छ।
गान्तोक नजिक रहेको फामबोङल्हो वाइडलाइफ सेञ्चुरीको बीचमा आयोजित कार्यक्रम 'इको पोएट्री २०२६'मा उनको दोस्रो कवितासंग्रह 'जङ्गली फूल' सार्वजनिक गरिएको हो। सिक्किम अकादेमीका अध्यक्ष तथा साहित्यकार प्रवीण राई जुमेली, सेरेथाङ थाना प्रभारी, योगेन्द्र गुरुङ, डा सत्यद्वीप छेत्री, डा. गगन रूचाल, एएसआई निम दोर्जी भोटिया, साहित्यकार टीबी चन्द्र सुब्बा, नेपाली साहित्य परिषदकी प्रशासनिक सचिव कवि लुइस विष्ट तथा कवि सबिना राईले संयुक्त विमोचन गरेका हुन्।
यो किताब मेन्युस्क्रिप्ट पब्लिकेसन्सले बजारमा ल्याएको हो। यस पुस्तकबारे आफ्नो दृष्टिकोण राख्दै साहित्यकार जुमेलीले इको राइटिङलाई आधार बनाएर लेखिएका कविताले केवल पर्यावरण चेतलाई मात्र नछोएर अध्यात्मलाई पनि समावेश गर्दै छुट्टै धार प्रदान गरेको बताए।
लेखक तथा कवि योञ्जनले जङ्गली फूल लेख्नुको गर्भकथाको संक्षिप्त जानकारी दिँदै यसका कमजोरी र आलोच्य विषयहरूलाई कुनै पक्षपात बिनै हेरिदिन आग्रह गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
