परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत प्रस्थान गर्ने भएका छन्।
काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले उनका समकक्षी डा. जयशंकरसँग औपचारिक भेटवार्ता गर्नेछन्। उक्त भेटमा उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरको सम्बन्धलगायतका विषयमा छलफल हुनेछ।
उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको एक हिस्साका रूपमा हुने यस भ्रमणले नेपाल र भारतबीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन सहयोग गर्ने विश्वास लिइएको छ। परराष्ट्रमन्त्री खनाल जेठ २४ गते काठमाडौँ फर्कने कार्यक्रम छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
