पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका २५ वटा विपद्जन्य घटनामा परी पाँच जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका छन्।
काठमाडौँ– पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भएका विपद्जन्य घटनामा पाँच जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु र रोल्पामा गरी पाँच जनाको मृत्यु भएको हो।
मकवानपुर, मोरङ, सिरहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा र कञ्चनपुरमा भएका विपद्जन्य घटनामा अन्य ११ जना घाइते भएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्। उनका अनुसार रौतहट, बारा र कपिलवस्तुमा सर्पले डसेर एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो।
यस्तै, रोल्पाको गङ्गादेव गाउँपालिका रातमाटामा खहरे भेलले बगाएर दुई बालकको मृत्यु भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
प्रवक्ता महतका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा २५ वटा विपद्जन्य घटना भएका छन्। ती घटनाहरूबाट ६३ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
