विवाहमण्डप र संग्रहालय बन्द भएपछि अवलोकनका लागि पुगेका स्वदेशी तथा विदेशी पर्यटक एवं दर्शनार्थी प्रभावित भएका छन्।
धनुषा– जनकपुरधामस्थित ऐतिहासिक विवाहमण्डप र जानकी मन्दिर परिसरमा रहेको संग्रहालय मंगलबारदेखि बन्द गरिएको छ।
मधेश प्रदेशका गृहमन्त्री फकीरा महतोले धनुषा जिल्ला प्रशासनसँग परामर्श नगरी दुवै स्थलमा निःशुल्क प्रवेशको व्यवस्था गर्न निर्देशन दिएको भन्दै विरोधस्वरूप विवाह मण्डप तथा संग्रहालय बन्द गरिएको प्रशासन ले जानकारी दिएको छ।
विवाहमण्डप र संग्रहालय बन्द भएपछि अवलोकनका लागि पुगेका स्वदेशी तथा विदेशी पर्यटक एवं दर्शनार्थी प्रभावित भएका छन्।
उक्त विषयमा मधेश प्रदेश सरकारको आधिकारिक धारणा सार्वजनिक भएको छैन। विवाहमण्डप तथा संग्रहालय प्रशासनले वार्ता र सहमतिका आधारमा समाधान नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने संग्रहालय प्रशासनले जनाएको छ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले विवाहमण्डप निर्माण सम्पन्न भएदेखि मन्दिर व्यवस्थापका साथै कर्मचारीका सेवा सुविधाका लागि टिकट खर्चबाट हुँदै आएकाले मन्त्री महतोले सबै टिकट नै उठाएर लगेपछि संग्रहालय बन्द गरिएको बताए।
उनले भने, “आवश्यक छलफल र सहमतिविना गरिएको निर्णय स्वीकार्य छैन। समस्या समाधान नभए थप आन्दोलन हुन्छ।” जनकपुरधामको ऐतिहासिक विवाहमण्डप र जानकी मन्दिर परिसरस्थित संग्रहालय धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण सम्पदाका रूपमा परिचित छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
