भारतको असममा भारी वर्षापछि आएको भीषण बाढीका कारण कम्तीमा ४१ जनाको ज्यान गएको छ भने ९ लाखभन्दा बढी नागरिक प्रभावित भएका छन्।
भारतको उत्तरपूर्वी राज्य असममा भारी मनसुनी वर्षाले निम्त्याएको बाढीमा परी कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार हाल उद्धार तथा राहत कार्यहरू भइरहेका छन्।
यस क्षेत्रमा लामो समयको गर्मीपछिको मनसुनी वर्षाले निम्त्याएको बाढीजन्य प्रकोपले मानवीय क्षति हुनुका साथै विभिन्न क्षेत्रमा प्रभाव पारेको असमका मुख्यमन्त्री हिमान्ता विश्व शर्माले सामाजिक सञ्जालमार्फत जनाएका छन्।
भारतीय वायुसेना, राज्य विपद् प्रतिक्रिया बल र राष्ट्रिय विपद् प्रतिक्रिया बलका कर्मचारीहरूसहित सहयोगी एजेन्सीहरूले असममा राहत तथा उद्धार कार्यका लागि चौबीसै घण्टा काम गरिरहेको शर्माले बताएका छन्।
अधिकारीहरूले लगभग १५० वटा राहत शिविरहरू स्थापना गरेको तथा करिब ३० हजार मानिसले शिविरमा शरण लिइरहेको शर्माले बताएका छन्।
मुख्यमन्त्री शर्माले बाढीबाट १ हजार ८०० भन्दा बढी गाउँका ९ लाख मानिसहरू प्रभावित भएको उल्लेख गरेका छन्।
प्रदेश सरकारले जारी गरेको विज्ञप्तिमा अधिकारीहरूले राहत सामग्रीको वितरणलाई सहज र पहुँचयोग्य बनाउन ड्रोनलगायत आवश्यक उपकरणहरू प्रयोग गरिरहेको जनाइएको छ।
राष्ट्रिय विपद् व्यवस्थापन टोलीका डुङ्गाहरू सञ्चालन गर्न नसकिने क्षेत्रहरूमा ५० भन्दा बढी साना डुङ्गाहरू तैनाथ गरिएको छ।
भारतीय वायुसेना र सशस्त्र बलले पनि "दुर्गम स्थानहरू" मा राहत सामग्री वितरणमा सहकार्य गरेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञहरूका अनुसार द्रुत सहरीकरणसँगै जलवायु परिवर्तनले मनसुनी वर्षाको आवृत्ति र गम्भीरता बढाउँदै लगेको छ।
गत हप्ता, उत्तरपूर्वी राज्य नागाल्यान्ड र कश्मीरमा मनसुनी वर्षाका कारण आएको आकस्मिक बाढी र पहिरोमा परी कम्तीमा १९ जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
