एसीसी महिला प्रिमियर कप
नेपालले एसीसी महिला प्रिमियर कप २०२६ मा भुटानलाई ५१ रनले हराउँदै लगातार दोस्रो जित हासिल गरेको छ।
काठमाडौँ– नेपालले एसीसी महिला प्रिमियर कप २०२६ मा लगातार दोस्रो जित हासिल गरेको छ। मलेसियामा बिहीबार भएको खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको हो।
११४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो। भुटानका लागि डेचेन वाङ्मो ३९ रनमा अविजित रहिन्। अन्य ब्याटरले दोहोरो अंकमा योगदान दिन सकेनन्।
नेपालका लागि रुबिना क्षेत्री बेलबासीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिइन्। रिया शर्माले २ तथा कविता कुँवर र मनिषा उपाध्यायले समान १–१ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनायो। नेपालका लागि सीता राना मगरले सर्वाधिक ३७ रन बनाइन्। उनले २८ बलमा ६ चौका प्रहार गरिन्।
रुबिना क्षेत्री बेलबासीले २४ तथा सोनी पाख्रिनले १३ रन जोडिन्। भुटानका लागि सोनाम र छिरिङ जाङ्मोले समान ३–३ विकेट लिए भने अञ्जु गुरुङले २ विकेट हात पारिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
