एसीसी महिला प्रिमियर कप : नेपालले आज भुटानसँग खेल्दै

नेपाली महिला क्रिकेट टोलीले एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गत आज भुटानसँग खेल्दैछ।

फाइल तस्वीर

काठमाडौँ– नेपाली महिला क्रिकेट टोलीले एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गत आज भुटानसँग खेल्दैछ।

मलेसियाको क्वालालम्पुरस्थित कोलेज टुआन्कु जाफर ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान शुरू हुनेछ। टस जितेको भुटानले फिल्डिङ रोजेको छ भने नेपालले पहिले ब्याटिङ गर्नेछ।

नेपाल प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छ। पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको थियो। उक्त खेलमा कतारलाई ७६ रनमा समेटेको नेपालले १०.५ ओभरमै लक्ष्य पूरा गरेको थियो।