नेप्से परिसूचक २६५१ को विन्दुमा

बिहीबार नेप्से परिसूचक ८.५० अंकले ओरालो लागेर २६५१.५२ को विन्दुमा सीमित भएको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापन गर्ने नेप्से परिसूचक बिहीबार पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.५० अंकले ओरालो लागेर २,६५१.५२ मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६४ अंकले ओरालो लागेर ४५८.२३ मा सीमित भएको छ। कुल ३३८ कम्पनीका ६४ लाख ८० हजार ५९९ कित्ता शेयर दुई अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४११ रुपैयाँको खरिदबिक्री भएको नेप्सेले जनाएको छ।

कारोबारका आधारमा सोपान फार्मास्युटिकल्स शीर्ष स्थानमा छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्स, सप्तकोशी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत् कम्पनी र नेपाल एसबिआई बैंक शीर्ष पाँचभित्र परेका छन्।

नेप्सेका अनुसार, टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बालिङ हाइड्रोपावर, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले आज कमाएका छन्। भुजुङ हाइड्रोपावर, सिवाइसी नेपाल लघुवित्त, भगवती हाइड्रोपावर, सानिमा डिबेन्चर र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले आज गुमाएका छन्।