चिया उत्पादक संघले बन्द रहेका चिया उद्योग पुनः सञ्चालन गर्ने तथा बन्दका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ।
काठमाडौँ– नेपाल चिया उत्पादक संघले बन्द रहेका चिया उद्योग आजदेखि पुनः सञ्चालन गर्ने तथा बन्दका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ।
भारततर्फ चिया निर्यातमा देखिएको समस्याका कारण बन्द गरिएका झापा र इलामका चिया उद्योगहरू सरकारबाट समस्या समाधानको आश्वासन प्राप्त भएपछि पुनः सञ्चालनमा ल्याउन लागिएको हो। संघले आज जारी गरेको विज्ञप्तिमा सरकारको सकारात्मक पहललाई सम्मान गर्दै उद्योग खोल्ने निर्णय गरिएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न, किसानले भोग्दै आएका समस्या पहिचान गर्न र नेपाली चियाको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने दीर्घकालीन जिम्मेवारीसहित सरकारले विशेष कार्यदल गठन गरेको छ र उक्त कार्यदललाई संघले सकारात्मक रूपमा लिएको छ। अतः सरकारको सकारात्मक पहललाई सम्मान गर्ने र चिया क्षेत्र खुला गर्ने निर्णय गरिएको छ।”
भारतीय चिया बोर्डले लागू गरेको नयाँ एसओपी (कार्यविधि मापदण्ड) का कारण नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भएपछि उद्योगीहरूले उत्पादन रोकेका थिए। यही असार ८ गते सरकारले चिया निर्यातको समस्या अध्ययन गरी समाधानका उपाय सुझाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। संघले कार्यदल गठनलाई सकारात्मक रूपमा लिँदै किसान र मजदुरको हितलाई ध्यानमा राखेर उद्योग सञ्चालनमा ल्याउने स्पष्ट पारेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
