नेप्से परिसूचक ४.६६ अंकले बढ्यो, ३ अर्ब ४६ करोडको कारोबार

सेयर बजारमा आज नेप्से परिसूचक ४.६६ अंकले बढेर २,५४२.७७ विन्दुमा पुग्दा ३ अर्ब ४६ करोडभन्दा बढीको कारोबार भएको छ।

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार नेप्से परिसूचक ४.६६ अंकले बढेर २,५४२.७७ विन्दुमा पुगेको छ। त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३१ अंकले बढेर ४४९.५० मा पुगेको छ।

यसैगरी, फ्लोट सूचक ०.१५ अंकले बढेर १७४.३५ र सेन्सेटिभ फ्लोट सूचक ०.१२ अंकले बढेर १५१.७३ मा पुगेको छ। आज विभिन्न कम्पनीका १ करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर ३ अर्ब ४६ करोड ५२ लाख १ हजार ४२ रुपैयाँमा खरिद-बिक्री भए।

आज कारोबार भएका १३ उपसमूहमध्ये नौ उपसमूह बढे भने चार उपसमूह घटेका छन्। कुल १४५ कम्पनीको सेयर मूल्य बढ्दा १२३ कम्पनीको घट्यो भने १० कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

नेप्सेका अनुसार आज विन नेपाल लघुवित्त वित्तीय संस्था, चिर्खवा हाइड्रोपावर र आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। त्यसैगरी, पियोर इनर्जी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले भने गुमाएका छन्।