यस्तो रहनेछ आजको मौसम

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै तथा मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले आज देशभर वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

शनिबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै तथा मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

त्यस्तै, आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। हिमाली तथा पहाडी भूभागका केही र तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।