AnonymousUser

Logout

बागमती पुल जीर्ण, दुर्घटनाको जोखिम बढ्यो

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको पुल जीर्ण भएपछि दुर्घटनाको जोखिम बढेको छ।

क्यानडा भनी दुबई पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा १ जना पक्राउ

हवारीले पीडितलाई बिहे गर्नेसम्म प्रलोभन देखाई नेपालमै पटक–पटक यौन शोषण गरेको र विभिन्न समयमा ११ लाख २८ हजार रुपैयाँ रकमसमेत ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

मानव बेचबिखन मुद्दाका दोषी २६ वर्षपछि पक्राउ

उनलाई शुक्रबार पक्राउपश्चात् नुवाकोट जिल्ला अदालतबाट फैसला कार्यान्वयनका लागि जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

रेशम चौधरीको मुद्दामा मिसिल कागज झिकाउने आदेश

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले निर्वाचन आयोग र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिट निवेदनमा मिसिल कागज झिकाउने आदेश दिएको छ।

सडक निर्माणका क्रममा भ्रष्टाचार, एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा

सडक निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

कोका–कोला विश्वको सबैभन्दा ठूलो ‘ब्रान्डेड प्लास्टिक प्रदूषण’ उत्पादक :  अनुसन्धान

१२ अन्तर्राष्ट्रिय संस्थाको अध्ययनअनुसार कोका–कोला कम्पनी ‘ब्रान्डेड प्लास्टिक प्रदूषण’को सबैभन्दा ठूलो उत्पादक रहेको पाइएको छ। यसले विश्वव्यापी कुल प्रदूषण उत्पादनमा ११ प्रतिशत योगदान गर्दछ।

नेपाल र चीनबीच मानव संसाधन विकास र बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

अर्थसचिव मधुकुमार मरासिनी र स्वास्थ्यसचिव डा. रोशन पोखरेल तथा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्थाका प्रमुख लियु झाओ हुईले सम्झौतामा हस्ताक्षर गरे।

डेढ किलो सुन र १ करोड ४३ लाख रुपैयाँसहित ७ जना पक्राउ

बिहीबार साँझ काठमाडौँको इन्द्रचोकबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशित

अकल्पनीय रूपमा अर्बपति भएको कुवेर नामक नेता पैसाले खुशी, इज्जत, भोक, निद्रा, भावना, मुस्कानजस्ता अभौतिक वस्तु किन्ने दौडमा आधारित उपन्यासमा उसको मानसिक विचलन उजागर गरिएको छ।

बजेट बनाउँदै राखेप: नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने

नेता तथा विभिन्न व्यक्तिका नाममा आयोजना हुने प्रतियोगितामा बर्सेनि डेढ करोडभन्दा बढी खर्च हुने गरेको थियो। यस वर्ष भने उक्त बजेट कटौती गर्न लागिएको खेलकुद मन्त्रालयले जनाएको छ।

कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै, जापानमा इमेलबाट प्रश्नपत्र

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति र १८ हजार ३०० प्रहरी परिचालन भएका छन्।

विश्वभर २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा

रिपोर्टले गाजा र सुडानमा खाद्य सुरक्षाको अवस्था बिग्रिँदै गएको उल्लेख गरेको छ। गाजामा मात्रै गम्भीर भोकमरीको सामना गरिरहेका पाँच लाख ७७ हजार मानिस रहेको बताइएको छ।

गाजामा युद्धविरामको प्रयास: बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह

बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै विश्वका विभिन्न १८ देशले गाजामा युद्धविरामका लागि दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई तत्काल रिहा गर्न हमाससँग आग्रह गरेका छन्।

आईपीएल: बैंगलुरुको दोस्रो जित

आईपीएलको जारी सिजनमा यसअघि बैंगलुरुले पन्जाब किङ्‍सलाई ४ विकेटले हराएको थियो। अरू ७ खेलमा पराजय बेहोरेको टोली तालिकाको पुछारमा छ। 

देशका विभिन्न स्थानमा हावाहुरी तथा वर्षाको सम्भावना

कोशी, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

न्यून गुणस्तरको चाउचाउ बेचेको भन्दै सीजी फुडलाई काठमाडौँ महानगरले तिरायो २ लाख जरिबाना

सीजी फुडद्वारा उत्पादित चाउचाउ न्यून गुणस्तरको भेटिएको भन्दै काठमाडौँ महानगरको कृषि तथा पशुपक्षी विभागले दुई लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरेको हो।

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

सचिवालयका प्रवक्ता मनोज गुप्ताका अनुसार अधिवेशन भर शून्य समय भएन भने विशेष समय एक पटक मात्रै चलेको थियो। विधेयक अधिवेशनको रूपमा चिनिने हिउँदे अधिवेशनमा एउटा विधेयकमा मात्रै सैद्धान्तिक छलफल भयो।

रौतहट बमकाण्डः कांग्रेस नेता आलमसहित ४ जनालाई जन्मकैदको सजाय

रौतहट जिल्ला अदालतले कांग्रेस नेता मोहम्मद अफताव आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरसहित ७ जनालाई थुनामै राख्न आदेश, आङ्टावासँग ३० लाख धरौटी माग

सर्वोच्चले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई थुनामै राख्न, एक जनालाई साधारण तारेख र दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।

उपनिर्वाचन : इलाममा ३७ केन्द्र र बझाङमा ३२ अतिसंवेदनशील, २ हजार ३८७ प्रहरी परिचालन

प्रहरीले उपनिर्वाचनका लागि इलाम र बझाङमा दुई हजार ३८७ प्रहरी जनशक्ति परिचालन गरेको छ।